PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

रसियालाई एक लाख ५० हजार युरो जरिवाना, पुरानै हर्कत दोहोर्‍याए युरोकपबाटै निलम्बनको चेतावनी



पहिलोपोस्ट

रसियालाई एक लाख ५० हजार युरो जरिवाना, पुरानै हर्कत दोहोर्‍याए युरोकपबाटै निलम्बनको चेतावनी

समर्थकको खराब व्यवहारका कारण आलोचित बनेको रसियालाई एक लाख ५० हजार युरो जरिवाना लगाइएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कारबाही गरेको हो। फेरि पनि समर्थकले पुरानै व्यवहार दोहोर्‍याए युरो प्रतियोगिताबाटै निलम्बन गर्ने उसले चेतावनी दिएको छ।

इंगल्याण्ड र रसियाबीचको खेल हुनुभन्दा अघि र पछि रसियन समर्थकले इंग्लिस समर्थकमाथि आक्रमण गर्नुका साथै मैदानभित्रै फायरवर्क गरेका थिए। उक्त खेलमा इंगल्याण्ड रसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

यस्तै निरन्तर हिंसात्मक आक्रमणमा संलग्न केही रसियन समर्थक फ्रान्सबाट घर फर्किसकेको छन्। फ्रान्सेली प्रधानमन्त्री मानुएल भलासले केही फुटबल समर्थकहरु राष्ट्रिय स्थानमा बस्ने नसक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell