
फ्रान्समा जारी युरो कप अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेल राति ९:४५ मा हुनेछ भने दोस्रो खेल १२:४५ मा। आजको खेलका हेर्न लायक ४ खेलाडी -
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

फ्रान्समा युरो कप खेल्ने खेलाडीहरु मध्ये सबैभन्दा स्टार नाम हो, क्रिस्टियानो रोनाल्डो। विश्व फुटबलमा चर्चित नाम रोनाल्डोले क्लब फुटबलमा सबै सफलता हात पारेपनि पोर्चुगलका लागि भने अहिलेसम्म कुनै सफलता दिलाउन सकेका छैनन्। समुह एफ अन्तर्गत पहिलो खेलमा आइसल्याण्ड विरुद्ध खेल्दै गर्दा रोनाल्डोलाई आफ्नो टीमलाई उत्कृष्ट सुरुवात दिलाउने कर्तव्य हुने छ भने अर्कोतर्फ आफैँ गोल गर्दै सर्वाधिक गोलकर्ताको होडमा अगाडी बढ्ने मौका हुनेछ। पोर्चुगलका कप्तान समेत रहेको रोनाल्डोले युरो कपमा अहिलेसम्म ६ गोल गरेका छन् र फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको सर्वाधिक ९ गोलको रेकर्ड यो पटक तोडिने अनुमान गरिएको छ। सन् २००४ मा पहिलो पटक युरो खेल्दा १८ वर्षका रोनाल्डोको टीम फाइनलमा ग्रीससँग हारेको थियो।
गिल्फी सिगुरसन, आइसल्याण्ड

पहिलो पटक युरो खेल्न लागेको आइसल्याण्डका स्टार नाम हो गिल्फी सिगुरसन। आइसल्याण्डलाई ठुला प्रतियोगितामा पहिलो पटक छनोट गराउने क्रममा सिगुरसनले ६ गोल गरेका थिए। इंग्सिल क्लब स्वान्सी सिटीबाट खेल्दै आएका मिडफिल्डर सिगुरसनबाट आइसल्याण्डले युरो २०१६ मा पनि ठुलै अपेक्षा राखेको छ। सन् २०१० मा आइसल्याण्डका लागि डेब्यु गरेका २६ वर्षे सिगुरसनले अहिलेसम्म ३९ खेलमा १३ गोल गरिसकेको छन्। उनी आइसल्याण्डका सातौ सर्वाधिक गोलकर्ता हुन्।
डेविड अलावा, अष्ट्रिया

यस पटक युरो खेल्ने अष्ट्रियन टीममा जर्मन बुण्डेशलिगाका अधिकाँश खेलाडीहरु छन्। त्यसैमध्येको एक हुन् डेविड अलावा। २३ वर्षको उमेरमै क्लब फुटबलमा वायर्नका लागि उत्कृष्ट प्रदर्शन गर्न सफल अलावा अष्ट्रियाका पनि स्टार हुन्। छनोट चरणमा अपराजित रहँदै युरोमा छनोट भएको अष्ट्रियाको प्रदर्शन केहि हदसम्म अलावामा निर्भर रहने छ। सुरुमा फुल ब्याकमा खेल्दै आएका अलावालाई प्रशिक्षक पेप गोर्डिवालाले मिडफिल्डमा खेलाउँदा पनि न्याय गरेका थिए।
बलाज डुसाक, हंगेरी

४४ वर्षपछि युरो खेल्न लागेको हंगेरियन टीमका कप्तान हुनु बलाज डुसाक। युरो २०१६ मा खेल्न लागेको हंगेरीका टीमका क्षमतावान खेलाडी समेत रहेका डुजाकले हंगेरीलाई पुस्कासकै समयजस्तो उत्कृष्ट लयमा फर्काउन सक्ने विश्वास गरिएको छ। डुसाक टेक्निकल्ली गिफ्टेड प्लेअरको रुपमा समेत परिचित छन्। सन् २००९ मा शंगेरीका लागि डेब्यु गरेका २९ वर्षे डुसाकले ७७ खेल खेल्दै १८ गोल गरिसकेको छन्।