काठमाडौँ : नयाँ शक्ति पार्टी स्थापनाको समापन समारोहमा संयोजक बाबुराम भट्टराईले झुक्किएर आफूलाइ 'माओवादी'को रुपमा अर्थ्याए। उनले आफ्नो सम्बोधनमा 'माओवादी'को रुपमा आफूलाई प्रस्तुत गरेपछि हलमा हाँसो फैलियो।
हाँसोपछि भट्टराई रोकिए। उनको छेउमा रहेका केन्द्रीय परिषद् सदस्य रामरिझन यादवले भट्टराईलाई गल्ती औँल्याउन सघाए।
लगत्तै भट्टराईले दुई पटक 'सरी' समेत भन्दै थपे - 'पुरानो धङधङी मेटिन अलिक समय लाग्छ।'
भट्टराईले समापन समारोहमा शान्तिपूर्ण ढंगले व्यवस्थित ढंगले कार्यक्रम सम्पन्न गर्न सुरक्षाकर्मी र स्वयमसेवकलाई धन्यवाद दिए। धन्यवाद दिने क्रममा भट्टराईले भने - 'चर्चाको विषय छ माओवादीले कुनै फोहोर नगरिकन कुनैपनि प्रकारको भड्किलो प्रचार नगरिकन नयाँ प्रकारको प्रचार शैली अपनायो भन्ने गरिएको छ।'
भट्टराईले यति भनेपछि हलमा हाँसो फैलियो। कार्यकर्ताले सिट्ठी फुके।
भट्टराईले बल्ल कुरा बुझे। अनि भाषण रोकिदैँ भने - 'सरी सरी नयाँ शक्ति।' अनि करेक्सन गर्दै भने - 'नयाँ शक्तिले जुन ढंगले नयाँ सुरुवात गर्यो...'
अनि भट्टराईले माओवादी फुत्कनुको कारण पनि सुनाए - 'पुरानो धङधङी मेटिन अलिक समय लाग्छ।'
उनले आफ्नो पार्टीले प्रचार शैली नयाँ गरेको बताए।