PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

हंगेरीलाई दोहोरो खुशी, किरलीको रेकर्ड, ४४ वर्षपछि युरोमा जित



पहिलोपोस्ट

हंगेरीलाई दोहोरो खुशी, किरलीको रेकर्ड, ४४ वर्षपछि युरोमा जित

दुई पुराना प्रतिद्धन्दी, १३८ औं पटक आमने सामने तर ८२ वर्ष पछि प्रतिस्पर्धात्मक खेलमा भेट । अनि यसैमा युरो कपमा सबैभन्दा पाका उमेरमा मैदान उत्रने रेकर्ड ।

फ्रान्समा जारी युरो अन्तर्गत समुह एफका अष्ट्रिया र हंगेरी बीचको खेलको विशेषता हो यो । र यस ऐसिहासिक अवसरमा गर्भिलो फुटबल इतिहास भएको हंगेरी फेरि एकपटक सफलता हात पार्न सफल भएको छ । 

४४ वर्षपछि युरोमा सहभागिता जनाएको हंगेरीले समुह चरणको पहिलो खेलमा पुरानो प्रतिद्धन्दी अष्ट्रियालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । 

खेल सुरु हुने बित्तिकै हंगेरीका गोलरक्षक गाबोर किरलीले सबैभन्दा बढी उमेरमा युरो कप खेल्ने रेकर्ड समेत कायम गरे ।

यस्तै सन् १९६४ पछि पहिलो पटक हंगेरीले युरोमा खेल जितेको छ । ५२ वर्ष अघि डेनमार्कलाई पराजित गरेयता हंगेरीले पहिलो जित हात पारेको हो । 

बोर्डेक्समा मंगलबार राति भएको खेलमा दश खेलाडीमा खेलको अन्त्य गरेको अष्ट्रियालाई हंगेरी २–० ले पराजित गरेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोस्रो हंगेरीले दुई गोल गर्यो । ६२ औं मिनेटमा एडम एसजलाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । एक गोलले पछि परेको अष्ट्रियालाई त्यसको तीन मिनेट पछि अर्को झड्का लाग्यो । अलेक्जान्डर ड्रागोभिक दोहोरो पँहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि अष्ट्रिया दश खेलाडीमा झर्यो । 

यसैको फाइदा उठाउँदै हंगेरीका लागि ८७ औं मिनेटमा जोल्टान स्टिवरले गोल गरे र हंगेरी २–० विजयी भयो । जितसँगै हंगेरीले ३ अंक जोडेको छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell