PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डेब्यु म्याचमा आइसल्याण्डले रोनाल्डोको पोर्चुगललाई बराबरीमै रोक्यो



पहिलोपोस्ट

डेब्यु म्याचमा आइसल्याण्डले रोनाल्डोको पोर्चुगललाई बराबरीमै रोक्यो

कुनै पनि ठुलो फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भइरहेको आइसल्याण्डले युरोमा सुखद सुरुवात गरेको छ।
 
युरो २०१६ अन्तर्गत भएको खेलमा डेब्युटान्ट आइसल्याण्डले क्रिस्टियानो राोनाल्डोको पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको हो।
 
छनोट चरणमा नेदरयाण्ड्स, टर्की, चेक रिपब्लिकक जस्ता राष्ट्र सम्मिलित समुहबाट दोस्रो हुँदै युरोकपमा छानिएको आइसल्याण्डले युरोमा पनि उत्ृकष्ट प्रदर्शन गर्दै पोर्चुगलसँग बराबरी खेलेको छ।

सेन्ट एटिनेस्थित स्टेड जिओफोरे गुइचार्ड स्टेडियममा भएको खेलमा पोर्चुगल र आइसल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
 
खेलको सुरुवातमै आइसल्याण्डले अग्रता लिने अवसर पाएपनि गिल्फी सिगुरसन गोल गर्न चुकेको थिए। तर पोर्चुगलका नानी चुकेनन्। नानीले ३१ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए।
 
पहिलो हाफमा एक गोलले पछि परेपनि दोस्रो हाफको सुरुवातमै आइसल्याण्डले बराबरी गोल फर्कायो। ५० औं मिनेटमा आइसल्याण्डका बिकिर बिजारनासनले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र पोर्चुगल र आइसल्याण्डले एक एक अंक बाँडे।
 
रियल मड्रिड स्टार रोनाल्डोले पोर्चुगलका लागि खासै प्रभाव जमाउन सकेनन् तर १२७ खेल खेल्दै लुइस फिगोको रेकर्ड बराबरी गर्नु नै रोनाल्डोको लागि उपलब्धी रह्यो। 

पोर्चुगलका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड समेत कायम गरेका रोनाल्डोले सर्वाधिक खेल खेल्ने खेलाडीको सूचिमा फिगोलाई समेत पछि पार्ने पक्का छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell