PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

ज्यालामा विवाद हुँदा महिलाको हत्या, अभियुक्त प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

पोखरा : पैसाको विवादमा हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 
कास्कीको पोखरा उपमहानगरपालिका-६ बैदाम निवासी पूर्णदेवी सुनारको घाँटी रेटी हत्या गर्ने धनुषा घर भई पोखरा मासबार बस्ने ३७ वर्षे प्रेम भनिने गोपाल माझीलाई प्रहरीले समातेको हो।
 
सुनारलाई उनकै घरमा घाँटी रेटिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। अनुसन्धान क्रममा माझीले सुनारको बारीमा काम गरेको र ज्यालाको विषयमा विवाद हुँदा हत्या गरेको खुल्न आएको छ।

माझीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell