PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोपा : इक्वेडरलाई हराउँदै अमेरिका सेमिफाइनलमा, भिडियोमा हेर्नुस् रोमाञ्चक खेल



पहिलोपोस्ट

कोपा : इक्वेडरलाई हराउँदै अमेरिका सेमिफाइनलमा, भिडियोमा हेर्नुस् रोमाञ्चक खेल

आयोजक अमेरिका कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै अमेरिका अन्तिम चारमा पुगेको हो।
खेलको २२ औं मिनेटमा क्लिन्ट डेम्प्सीले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए।

पहिलो हाफमा अमेरिकाले एक गोलको अग्रता कायमै राख्यो तर दोस्रो हाफमा खेल केही तनावपूर्ण बनेको थियो।

वासिङ्गटनस्थित सेन्चुरी फिल्ड स्टेडियममा भएको खेलको ५२ औं मिनेटमा अमेरिकाका जर्मेइन जोन्स र इक्वेडरका एन्टोनियो भ्यालेन्सियाले रातो कार्ड पाएर मैदान छाडेपछि दुवै टीम १० खेलाडीमा सीमित बनेको थियो ।

६५ औं मिनेटमा ग्यासी जाद्रेसले गोल गरेपछि अमेरिकाले अग्रता दोब्बर  बनायो।

७४ औं मिनेटमा इक्वेडरका माइकल अरोयोले गोल गर्दै गोल अन्तर छोट्याउने प्रयास गरेका थिए। तर त्यसपछि खेलमा कुनै गोल हुन सकेन र अमेरिका २–१ ले विजयी हुँदै सेमिफाइनलमा पुग्यो।

अमेरिकाले अब सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत भोलि शनिबार पेरु र कोलम्बियाबीच दोस्रो कवाटरफाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell