PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​लिग च्याम्पियन थ्री-स्टार एएफसी कप प्लेअफ खेल्न अगस्टमा मंगोलिया जाने



पहिलोपोस्ट

​लिग च्याम्पियन थ्री-स्टार एएफसी कप प्लेअफ खेल्न अगस्टमा मंगोलिया जाने

नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार सन् २०१७ मा हुने एएफसी कपका लागि हुने प्लेअफ खेल्न आगामी अगस्टमा मंगोलिया जाने भएको छ।

कुल ९ राष्ट्रका लिग च्याम्पियनले खेल्ने प्लेअफमा थ्रीस्टारले समूह चरणमा अन्य दुई क्लबसँग खेल्नेछ।
 
शुक्रबार बिहान एएफसी हेडक्वाटार मलेसियामा भएको ड्र मा थ्री स्टार समूह बी मा परेको छ र उक्त समूहमा मंगोलियाको एर्चिम एफसी र कम्बोडियाको नगवर्ल्ड एफसी रहेको छ। समूह बी को आयोजना मंगोलियाले गर्नेछ।

तीन समूहमा विभाजन गरिएको प्लेअफको समूह ए मा किर्गिस्तानको डोर्डोइ, मकाउको कासा वेनफिका र गुआमको रोभर्स एफसी रहेका छन्। 
यस्तै समूह सी मा भुटानको एफसी टर्टोन्स, बंगलादेशको शेख रसेल क्रिरा चाक्रा लिमिटेड रहेका छन्।
 
प्रत्येक समूहको शीर्ष स्थानमा रहने टीममात्र प्लेअफमा छनोट हुनेछ।
 
थ्री स्टारले समूह बी को पहिलो खेलमा आगामी अगस्ट २१ मा एर्चिम एफसी तथा अगस्ट २३ मा नगवर्ल्ड एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

 
विगतका वर्षहरुमा एएफसीले नेपाल जस्ता राष्ट्रको लिग च्याम्पियनको लागि एएफसी प्रेसिडेन्ट कपको आयोजना गरेको थियो। सन् २००५ देखि भएको एएफसी प्रेसिडेन्ट कपको अन्तिम संस्करण २०१४ मा भएको थियो। त्यसमा नेपालबाट नेपाल पुलिस क्लब फाइनलसम्म पुगेर इतिहास बनाए पनि कुनै क्लबले उपाधि जित्न सकेको थिएन।
 
अहिले एएफसीले प्रेसिडेन्ट कप खेल्ने क्लबहरुलाई पनि छनोट प्रतियोगिता खेलाउँदै एएफसी कपमा सामेल गराउन थालेको छ। मनाङ मर्स्याङ्दी क्लबले गत वर्ष लिग च्याम्पियनको हैसियतमा उक्त प्लेअफ खेल्ने अवसर प्राप्त गरे पनि आन्तरिक कारण भाग लिएको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell