PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

प्रधानमन्त्री भन्छन्- 'नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या छैन'



समर्थ रञ्जित

प्रधानमन्त्री भन्छन्- 'नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या छैन'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्।

हिरण्यलाल श्रेष्ठको ‘सिक्सटी इयर्स अफ डाइनामिक पार्टनरसिप’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले चीन-नेपाल मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्मानका आधारमा रहेको तर्क गरे।

'दुवै देशको मित्रता समझदारीका आधारमा रहेको छ। लाभ त, नेपाल अलिक सानो छ। छिमेकी ठूलाठूला छन्। अलि बलिया छन्। अलिक विकास भएको छ,’ उनले भने, ‘त्यसकारण धेरै बराबरीका गर्न पनि सकिन्न। मित्रता त्यसैलाई बराबरी भन्नुपर्छ। निरपेक्ष बराबरी हुन्न।'

प्रधानमन्त्री ओलीले चीनले नेपालप्रति सधैँ सहयोग र सम्मानको हिसाबमा बराबरीको सम्बन्ध राखेको बताए। विगतका सम्बन्धहरुले नेपालको स्टाटस पनि उचाइमा उठेको भन्दै उनले आफ्नो चीन भ्रमणपछि नेपालको स्तर बढेको बताए।

‘हाम्रा छिमेकी मित्रहरुसँगको सम्बन्धमा खास महत्व छ, त्यसमा पनि नेपाल र चीनबीचको सम्बन्ध,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले समुद्रसम्मको ट्रान्जिट र ट्रान्सपोर्टका लागि नयाँ अध्यायको सुरुवात गरेका छौँ, जसले नेपाललाई भुपरिवेष्टित र दुनियाँसँगको सम्बन्धलाई नयाँ स्तरमा बढाउने गरी उठाएको छ।'





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell