PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

दुई पुरुष मृत अवस्थामा फेला परे



पहिलोपोस्ट

काठमाडौं : काठमाडौँको सामाखुसी सडक खण्डमा आज एक शव फेला परेको छ।

करिब बिहान ५ बजेतिर सडक किनारमा प्रहरी हवल्दार अन्दाजी ४५ वर्षीय सुकुमान गुरुङको शव शङ्कास्पद रुपमा भेटिएको हो।

महानगरीय प्रहरी वृत्तका डिएसपी विश्वमणि पोखरेलका अनुसार गुरुङको शरीरमा कुनै पनि चोट छैन। उनको मृत्यु के कारणले भएको भन्ने यकिन नभएको र शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए।

गुरुङ केही दिनयता बिदामा बसेका थिए।

उता डोटी अस्पतालमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन्। जिल्ला अस्पताल डोटीमा ल्याब टेक्निसियन अधिकृतका रुपमा कार्यरत भीमप्रसाद पौडेल बिहीबार राति मृत फेला परेको अस्पतालले जनाएको छ।
 
बिहीबार दिउँसोभरि ड्युटीमा नआएका पौडेल किन आएनन् भनी बुझ्न जाँदा मृत फेला परेको जिल्ला अस्पतालका निमित्त प्रमुख रामस्वार्थ यादवले बताए। बाँकेको कोहलपुर निवासी पौडेल २०५० सालदेखि डोटीमा कार्यरत थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell