PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कलाकारितासँगै समाजसेवामा लागेका धुर्मुस-सुन्तली अब सिटी एक्सप्रेसको ‘ब्रान्ड एम्बासडर’



पहिलोपोस्ट

कलाकारितासँगै समाजसेवामा लागेका धुर्मुस-सुन्तली अब सिटी एक्सप्रेसको ‘ब्रान्ड एम्बासडर’

काठमाडौं : १० वर्षदेखि रेमिट्यान्सको कारोबार गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय हास्यकलाकार तथा सामाजिक अभियन्ताद्वय सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) लाई ब्रान्ड एम्बासडर बनाएको छ।
 
राजधानीमा आयोजित एक कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफर र धुर्मुस–सुन्तलीबीच ब्रान्ड एम्बासडर हुने सम्झौतामा हस्ताक्षर भएको हो। सो सम्झौता–पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र धुर्मुस–सुन्तली फाउन्डेशनका तर्फबाट सीतारामले हस्ताक्षर गरे।
 
धुर्मुस-सुन्तली कलाकारितासँगै सामाजिक सेवामा दत्तचित्त भएर लागिरहेका छन्। सिटी एक्सप्रेसले पनि आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक कार्यका गतिलाई निरन्तरता दिइरहेको छ।
 
सिटी एक्सप्रेसले यसअघि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र पछिल्लोपटक सिन्धुपाल्चोकको गिरानचौरस्थित नमुना बस्ती निर्माणका लागि नगदसमेत प्रदान गरेको छ। भूकम्पपीडित उक्त बस्ती निर्माणमा लागेका धुर्मुस-सुन्तलीलाई उनीहरुको फाउन्डेशनमार्फत सिटिले १५ लाख ५५ हजार ५५५ रुपैयाँ उपलब्ध गराएको हो।

‘फाउन्डेशनको पवित्र काममा हामी पनि समावेश हुन पाएकोमा निकै गैरवान्वित भएका छौं। यसैलाई निरन्तरता दिँदै उहाँहरूलाई आफ्नो ब्रान्ड एम्बासडर चयन गरी एकापसमा सम्झौता गरेका हौं,’ प्रबन्ध निर्देशक टण्डनले भने, ‘उहाँहरुसँगको सहकार्यले सिटी एक्सप्रेसको गरिमा झन् उच्च रहनेमा समते विश्वस्त छौं।’

मेलम्चीस्थित गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेशनले दसैंअगाडि नै बस्ती हस्तान्तरण गर्नेगरी तीव्र रुपमा काम गरिरहेको छ। यसका लागि देशविदेशबाट समेत सहयोगहरु प्राप्त भइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell