PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

१२ फोटोमा हेर्नुस्, खोकनाको रोपाइँ रौनक

१२ फोटोमा हेर्नुस्, खोकनाको रोपाइँ रौनक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : किसानहरुका लागि मानो रोपेर मुरी उब्जाउने महिना हो असार। मनसुनको सुरुवाती संकेतसँगै उनीहरु यति बेला रोपाइँको चटारोमा छन्।

सामान्यतया जुन १० तारिखबाट मनसुन सुरु हुने भए पनि यसपटक ढिला गरी सुरु भएको छ। मौसमविद् वरुण पौडेलका अनुसार अझै एक हप्तापछि मात्र मनसुन सुरु हुन्छ। पश्चिमी वायुको कारण यसपटक मनसुन अझै बाक्लिसकेको छैन।

राजधानीको खोकनाका किसानले भने असार १ गतेबाट नै रोपाइँ सुरु गरेका छन्। सामान्यतया रोपाइँमा महिलाहरु धानको बिउ रोप्छन् अनि पुरुषहरु बाउसे गर्छन्, हलो जोत्छन्, आली लगाउँछन्।

इलिट जोशीले खोकनाको रोपाइँ रौनकलाई यसरी क्यामेरामा कैद गरेका छन्-


ट्रेन्डिङ पोस्ट

Ncell