काठमाडौं : राजधानीका विभिन्न स्थानमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर गोदावरीका भरतप्रसाद आर्चायको घरकोठाबाट तालाचाबी फोडी मोबाइल, सुनका गहनासमेत गरी ९५ हजार बराबरको धनमालमा चोरी गर्नेहरु समातिएका हुन्।
पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने ३४ वर्षीय अजय गुप्ता, नुवाकोट फिकुरी घर भई हाल जोरपाटी बस्ने २४ वर्षीय दीपक तामाङ र सर्लाही अखौली घर भई जोरपाटी नै बस्ने २२ वर्षका प्रेमकुमार वाइबा रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ताल्चा फोर्न आवश्यक औजारसमेत बरामद गरेको छ।