
आफ्नो राष्ट्र र टीम प्रती एउटा खेलाडीले कतीसम्म योगदान गर्न सक्छ भन्ने उदाहरण हो यो। वास्तवमै खेलाडी राष्ट्रको गहना हो भन्ने गरिन्छ।
त्यसै भने जस्तै भयो क्रोएसियन राष्ट्रिय फुटबल टीमका कप्तान डारिजो श्रनाका लागि। यदी उनी गहना हुन् भने जसले उनलाई पहिरिएको छ उनले त्यसलाई छोड्न मानेनन्।
प्रसंग हो फ्रान्समा चलिरहेको युरो कप फुटबल र क्रोसियन टीमका कप्तान डारिजो श्रनाको। उनको फुटबल प्रतिको माया हो यो। युरो अन्तर्गत टर्की विरुद्धको खेल खेल्दै गर्दा क्रोएसियन डारिजोका बाबु उजेइर श्रनाको निधन भयो।
टर्की विरुद्धको खेलमा १–० को जित हात पारेपछि डारिजो गत सोमबार क्रोएसिया फर्केका थिए। उनलाई खेल सकिएपछि मात्र यसको जानकारी दिइएको थियो।
उनले त्यहाँ आफ्नो बाबुको अन्तेष्टी कार्यक्रम पुरा गरे। तर उनको मन भने आफ्नो टीम रहेको फ्रान्समै थियो र उनी पुन फ्रान्स फर्के।
घरबाट फर्केको तेस्रो दिनमै क्रोएसिया र चेक रिपव्लिकबीचको खेल थियो। उनी त्यस खेलमा क्रोएसियाको कप्तानी गर्दै मैदान उत्रे। खेल सुरु हुनु अघि राष्ट्रिय गान बज्ने क्रममा उनले आफ्नो आँशु रोक्न सकेनन्।
क्रोएसियाली फुटबल संघले एक स्टेटमेन्ट जारी गर्दै समवेदना प्रकट गरेको छ।