PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​कोपा अमेरिका : कोलम्विया सेमिफाइनलमा, पेरु पेनाल्टी सुटआउटमा पराजित



पहिलोपोस्ट

​कोपा अमेरिका : कोलम्विया सेमिफाइनलमा, पेरु पेनाल्टी सुटआउटमा पराजित

कोलम्विया अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न दोस्रो क्वाटरफाइनलमा पेरुलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कोलम्विया अन्तिम चारमा प्रवेश गरेको हो।
 
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट लिइएको हो।
 
पेनाल्टीसुटआउटमा कोलम्विया ४–२ ले विजयी भयो। जसमा कोलम्वियाका जेम्स रोड्रिग्वेज, जुआन कोड्राडो, डारो मोरेनो र सेबास्टिन पेरेजले गोल गरे।
 
पेरुका राउल रुइडिएज र रेनातो तपिया मात्र गोल गर्न सफल हुँदा मिगुएल ट्राउको र क्रिस्टियन क्युएभा गोल गर्न असफल रहे।
 
कोलम्विया समूह ए को उपविजेता तथा पेरु समूह बी को विजेता बन्दै क्वाटरफाइनल पुगेका थिए । 

कोलम्वियाले अब फाइनल प्रवेशका लागि मेक्सिको र चिली बीचको विजेतासँग खेल्नेछ। यसअघि शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक अमेरिका इक्वेडरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। 

प्रतियोगिता अन्तर्गत आइतबार बाँकी दुई क्वाटरफाइनल खेलहरु हुनेछन्। आइतबार बिहान ४ः४५ बजे हुने पहिलो खेलमा अर्जेन्टिना र भेनेजुएला तथा ७ः४५ बजे हुने दोस्रो खेलमा मेक्सिको र चिलीबीच प्रतिस्पर्धा हुनेछ। 

फोटो : एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell