
युरो २०१६ अन्तर्गत आज बेलुका हुने समूह ई को खेलमा बेल्जियम र आयरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।
पहिलो खेलमा राम्रो नतिजा हात पार्न नसकेकोले पनि आजको खेल दुवै टीमका लागि महत्वपूर्ण छ। अघिल्लो चरणमा जाने सम्भावना कायम राख्न दुवै टीमलाई स्पष्ट जितको खाँचो छ।
युरो २०१६ को डार्क हर्सको रुपमा हेरिएको बेल्जियम पहिलो खेलमै इटलीसँग २–० ले पराजित भएको थियो।
यस्तै आयरल्याण्ड पहिलो खेलमा स्वीडेनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। बेल्जियम र आयरल्याण्ड १४ औं पटक आमनेसामने हुन लागेका हुन्। यसअघिका १३ भेटमा बेल्जियम ५ मा विजयी हुँदा आयरल्याण्डले ३ खेल जितेको थियो भने ५ खेल बराबरीमा सकिएको थियो।
बेल्जियम भर्सेस आयरल्याण्ड, समूह सी
खेल हुने समय : ६:४५ बजे
यसअघिका खेल : बेल्जियम ०–२ इटली, आयरल्याण्ड १–१ स्वीडेन
आगामी खेल : बेल्जियम भर्सेस स्वीडेन, आयरल्याण्ड भर्सेस इटली
फिफा वरियता : बेल्जियम २, आयरल्याण्ड ३३
युरोमा सहभागिता : बेल्जियम ५, आयरल्याण्ड ३
मुख्य उपलब्धि : बेल्जियम उपविजेता १९८०
हेर्नलायक खेलाडी : केभिन डे ब्रुयन बेल्जियम, जेम्स म्याकार्थी आयरल्याण्ड
रेफ्री : चुनेट चाकर, टर्की
हेड टु हेड : बेल्जियम ५, आयरल्याण्ड ३, बराबरी ५
सम्भावित लाइनअप
आयरल्याण्ड : डारेन रन्डोल्फ, सेमस कोलमन, सिएरान कलार्क, रोबी ब्राडली, जेफ हेन्डरिक, ग्लेन ह्विलन, जेम्स म्याकार्थी, जेमस म्याकलिन, वेस हुलाहन, सेन लङ