PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मेसीले गोल गरेपछि खुसीले चिच्याएँ : डिआइजी अर्याल



सविन ढकाल

मेसीले गोल गरेपछि खुसीले चिच्याएँ : डिआइजी अर्याल

फुटबल पारखीहरुका लागि हिजोआज युरोकप र कोपा अमेरिकाले थप जागरुक बनाएको छ। जताततै फुटबलकै चर्चा। रातको निद्रा माया मारेर युरो हेर्नेको संख्या कम छैन नेपालमा।
 
यसैमध्येका एक हुन्- डिआइजी प्रकाश अर्याल। बाल्यावस्था तथा विद्यार्थी जीवनमा सक्रिय भएर फुटबल खेलेका अर्यालले युरो छुटाउने कुरै भएन।
 
विद्यार्थी छँदा उनले खुब खेले फुटबल। कुनै बेला पैसा हुँदैनथ्यो, त्यतिखेर डोरीको डल्लो बनाएर पनि खेलेको अनुभव छ। टिभीमा फुटबल म्याच हेर्दा उनको आँखा खेलाडीका बुटमा पुगिहाल्थ्यो। ‘तर बुट किन्ने क्षमता थिएन,’ उनी सम्झिन्छन्, ‘सामान्य खालको जुत्ता लगाएरै भए पनि त्यो इच्छालाई पूरा गर्थेँ।’
 
दाङ घर भएका डिआइजी अर्याल अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितमा धेरैपटक सहभागी भएका रहेछन्। ‘ती दिनहरुमा गेमको हाफटाइममा ग्लुकोज पानी खाएको अझै सम्झना आउँछ,’ उनी भन्छन्।
 
पछिल्लोपटक सात वर्षअघि विराटनगरमा तालिम हुँदा फुटबल खेलेका रहेछन् अर्यालले। ‘अब त खेल्न सकिँदैन होला,’ उनले हाँस्दै भने, ‘मैदानमा उत्रने हो भने १५/२० मिनेट पनि टिकिँदैन कि।

अर्याललाई मन पर्ने खेलाडीमा पर्छन्, अर्जेन्टिनाका लियोनल मेसी। मेसीको खेल कौशल निकै मन पराउँछन् उनी। त्यसैले पनि अर्जेनटिनाको खेल हेर्न छुटाउँदैनन्।
 
‘राति खेल हुन्छ, दिनभर काम गर्नुपर्छ। त्यसैले सबै खेल हेर्न मन हुँदा पनि पाइँदैन,’ अर्यालले भने, ‘अनिँदो भएर पनि रातभर फुटबल हेरिन्थ्यो। मेसीले गोल हानेपछि त खुसीले एक्लै चिच्याएछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell