PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

 आहा, सुन्दरीजल! १४ फोटोमा हेर्नुस् सुन्दरीजलको सौन्दर्य

आहा, सुन्दरीजल! १४ फोटोमा हेर्नुस् सुन्दरीजलको सौन्दर्य

समर्थ रञ्जित/पहिलोपोस्ट


​काठमाडौँको भिडभाडमा शनिबार छुट्टीका दिन यसो रमाउने कुनै ठाउँ पाउन निकै गाह्रो छ। घर र भवनहरुले भरिएको राजधानीमा अलि खुला ठाउँ पाउन पनि गाह्रो छ। तर काठमाडौँको बाक्लो बस्तीबाट अलिकति मात्रै टाढा जाने हो भने रमणीय ठाउँ भेट्टाउन त्यति गाह्रो छैन।  सुन्दरीजल त्यस्तै एउटा ठाउँ हो।  

काठमाडौँबाट झण्डै नौ किलोमिटरमात्रै उत्तरतर्फ लागेपछि भेटिन्छ झरनासहितको यो रमणीय ठाउँ। यसको उत्तरी सिमानातर्फ शिवपुरी राष्ट्रिय निकुञ्जले नुवाकोट र सिन्धुपाल्चोक जिल्ला समेत छोएको छ । स्यालमती र नागमती नदिको संगममा रहेको प्रसिद्ध नदि बागमतीको मूल द्धार समेत यसै स्थानमा रहेको छ।

काठमाडौँको हस्याङफस्याङपूर्ण जीवनलाई एकछिन बिर्सेर केही क्षणको लागि भएपनि गाउँको हावापानी तथा गाउँले परिवेशको अनुभूति गर्न मानिसहरु यहाँ आउने गर्छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell