PahiloPost

Jan 26, 2026 | १३ माघ २०८२

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन कारावास, ६ सहयोगीलाई मृत्युदण्डको फैसला



पहिलोपोस्ट

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई आजीवन कारावास, ६ सहयोगीलाई मृत्युदण्डको फैसला

काएरो (इजिप्ट) : एजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन कारावासको सजाय सुनाएको छ। त्यस्तै उनका ६ जना सहयोगीलाई मृत्युदण्ड दिने फैसला शनिबार सुनाइएको छ।
 
इजिप्टका गोप्य कागजात कतारलाई उपलब्ध गराएको भनी मोर्सीमाथि लागेको आरोपमा अदालतले निर्दोष भनी फैसला गरेको थियो। तर मोर्सीले गैरकानुनी सङ्ठनमार्फत इजिप्टको राष्ट्रियतामा आँच पुर्‍याएको अभियोगमा जन्मकैदको सजाय तोकिएको उनका वकिल मोनेश्म अब्देल माकसाउण्डले बताए।
 
इजिप्टको सत्ताबाट हटाइएका पूर्वराष्ट्रपति मोर्सीमाथि राज्य सुरक्षासम्बन्धी महत्वपूर्ण गोप्य कागजात लुकाएको आरोपमा थप १५ वर्षको जेल सजाय समेत  तोकिएको छ।
 
मुस्लिम ब्रदर हुड आन्दोलनको मुख्य सहयोगी कतारलाई मोर्सीले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य कागजात उपलब्ध गराई सत्तामा भएका बेला देशद्रोही कार्य गरेको भनी उनीमाथि आरोप लागेको थियो। त्यसमा सफाइ पाए पनि सन् २०१२ देखि सन् २०१३ जुलाइसम्म इजिप्टका अनुभवी तथा शक्तिशाली नेता होस्नी मुबारकविरुद्ध विद्रोह गरेको अभियोगमा जन्मकैदको फैसला सुनाइएको हो। सो फैसला इजिप्टको कानुनअनुसार इस्लामिक कानुनका आधिकारिक व्याख्याकार मुफ्तीकहाँ पठाइएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell