PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचन भदौ पहिलो साता



पहिलोपोस्ट

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचन भदौ पहिलो साता

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भदौ पहिलो साता स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ।

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल संयोजकत्वको वार्ता समितिसँग केन्द्रीय क्याम्पसमा बसेको संयुक्त विद्यार्थी संघसंगठनको बैठकले मिति तय गरेको हो।

शनिबार चार घण्टासम्म चलेको वार्तामा विद्यार्थी सङ्गठनहरुले राखेका विभिन्न मागहरु माथिको छलफलपश्चात स्ववियु निर्वाचन २०७३ भदौ पहिलो साता गर्ने निर्णय गरिएको हो।

उक्त वार्तामा विश्वविद्यालयका विभिन्न संरचनालाई सक्रिय बनाई विश्वविद्यालयलाई गति प्रदान गर्ने, प्रकाशित पाठ्यक्रमहरुलाई वितरणको व्यवस्था मिलाउने, प्रत्येक सेमेस्टरको सत्रान्त परीक्षाका सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई लगत्तै अध्ययन गर्ने सेमेस्टरमा लाग्ने शिक्षण शुल्क मिनाहा गर्ने, विज्ञान संकाय र इन्जिनियरिङ संकायमा स्नातकोतरका कक्षा सञ्चालन गर्ने, इन्टरनेट, पुस्तकालय, शौचालय आदिको उचित प्रबन्ध गर्ने, विश्वविद्यालयमा लागेको ताला खोल्न पहल गर्नेजस्ता १० बुँदे निर्णय पनि गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell