PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

२५ दिनका लागि कोरल्ला नाका खुलेपछि यस्तो देखियो व्यापार मेला, हेर्नुस् १० फोटोमा

२५ दिनका लागि कोरल्ला नाका खुलेपछि यस्तो देखियो व्यापार मेला, हेर्नुस् १० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : केही समययता राष्ट्रिय रुपमै चर्चित चीनसँगको कोरल्ला नाका २५ दिनका लागि खुलेको छ।

चीनको ढुम्बासेन र मुस्ताङीबीचको व्यापार मेला हरेक वर्षको जुन र अगस्ट महिनामा गरिन्छ। बन्द रहेको कोरल्ला नाकाबाट नेपालीहरु असारको २५ गतेसम्मका लागि चीनतर्फ गएर किनमेल गर्न सक्नेछन्।
 
नेपाल-चीन सीमाबाट करिब सात किलोमिटरभित्र मेला लागेको हो। चिनियाँ प्रशासन र प्रहरीका प्रतिनिधिले गत महिना लोमान्थाङका स्थानीयसँगको छलफलपछि मेलाको मिति र स्थान तय गरेका थिए।
 
नेपाली व्यापारी पनि मेलामा आफ्नो पसल थाप्न पुगेका छन्। दुवैतर्फका व्यापारीलाई छुट्टाछुट्टै ठाउँ छुट्याइएको छ। चिनियाँहरुले फलामका चुल्हो, सिरक, ब्ल्यांकेट, बियर, बिस्कुट, चक्लेट बढी बिक्री गर्छन् भने नेपालीहरुले पिठो, पस्मिना, मैदा, नेपाली माला, रक्सी। टेन्टमा होटल पनि छन्। राति ती होटलमा मदिराका साथ नाचगानमा चिनिया र नेपाली दुवै मस्त हुन्छन्।
 
सीमाका सैनिक र प्रहरीले व्यापार मेलामा जाने प्रत्येकको फोटो खिच्छन् र सानो कागजको टुक्रामा केही लेखेर दिन्छन्। फर्किँदा त्यो कागज नदेखाए सीमा पार गर्न पाइँदैन। सामान्यतया एक्लै-दुक्लै भएर मेला हेर्न र किनमेल गर्न जान सकिने अवस्था छैन।

फोटोमा हेर्नुस्, मेलाका दृश्य-


ट्रेन्डिङ पोस्ट

Ncell