
युरो २०१६ अन्तर्गत आज राति समूह ए का अन्तिम दुई खेल हुँदैछन्। मध्यरात १२:४५ बजे हुने खेलमा स्विट्जरल्याण्ड र फ्रान्स तथा रोमानिया र अल्बानिया भिड्दैछन्।
फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने बाँकी तीन टीम नकआउट चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। फ्रान्ससँग जित वा बराबरीले स्विट्जरल्याण्ड नकआउट चरणमा पुग्नेछ भने पराजय बेहोरे रोमानिया र अल्बानियाबीचको खेलले निर्धारण गर्नेछ।
रोमानिया र अल्बानियालाई भने नकआउट चरण पुग्न स्पष्ट जितको खाँचो छ।
स्विट्जरल्याण्ड भर्सेस फ्रान्स
आयोजक फ्रान्स दुई पटकको युरो च्याम्पियन हो। सन् १९८४ र २००० मा युरो जितेको फ्रान्स घरेलु भूमिका भएको युरोको उपाधि जित्दै जर्मनी र स्पेनसँग बराबरी गर्ने दाउमा छ। जर्मनी र स्पेन समान तीन पटक युरो जितेका छन्।तर समूह चरणको दुई खेलमा फ्रान्सले सोचेअनुरुपको प्रदर्शन गर्न सकेन। यद्यपि दुई खेल जित्दै फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टीम बन्यो। पहिलो खेलमा रोमानियालाई २–१ ले पराजित गर्दा अन्तिम समयमा गोल गरेको फ्रान्सले दोस्रो खेलमा अल्बानियालाई हराउन पनि अन्तिम क्षणसम्म संघर्ष गर्नुपर्यो।
समूह चरण र नकआउटको खेलमा धेरै फरक हुने भएकोले उपाधि होड कायम राख्न फ्रान्सले स्विट्जरल्याण्ड विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्नु आवश्यक छ।
स्विटेजरल्याण्ड विरुद्धको खेलमा जित वा बराबरीले फ्रान्स समूह ए को विजेता बन्नेछ।
यसअघि तीन पटक युरोमा सहभागिता जनाएको स्विट्जरल्याण्ड अहिलेसम्म नकआउट चरण पुग्न सकेको थिएन। यस पटक भने एक जित र बराबरी नतिजा निकालेको स्विट्जरल्याण्ड नकआउट चरणमा पुग्ने लगभग पक्का छ।
फ्रान्ससँगको जितले स्विट्जरल्याण्ड समूह विजेता बन्नेछ भने बराबरीले समूह उपविजेता।
यो पटक सहभागी संख्या बढाएर २४ पुर्याएसँगै समूहमा तेस्रो हुने चार टीम पनि नकआउट चरणमा छानिनेछ। यस्तोमा स्विट्जरल्याण्डले फ्रान्ससँग हारे पनि अन्य समूहको नतिजा हेरेर नकआउट चरणमा छनोट हुने सम्भावना रहन्छ।
अल्बानिया विरुद्धको खेलमा पहिलो रोजाइँमा नपरेका फ्रान्सका पउल पोग्वा र एन्टोनी ग्रिज्मन स्विट्जरल्याण्डसँग पहिलो रोजाइँमा मैदान उत्रने सम्भावना छ। यस्तै ओलिभर जिरुड र एन गोलो कान्टेको स्थानमा आन्द्रे पिएरे गिगनाक र योहान कावायेले खेल्ने सम्भावना रहेको छ।
फ्रान्स र स्विट्जरल्याण्ड अहिलेसम्म ३७ पटक आमनेसामने भएका छन्, जसमा फ्रान्स १६ पटक विजयी भएको छ भने स्विट्जरल्याण्ड १२ पटक। बाँकी ९ खेल बराबरीमै सकिएको थियो।
यस्तै प्रतिस्पर्धात्मक खेलमा भने स्विट्जरल्याण्डले अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन।
फ्रान्स र स्विट्जरल्याण्ड ठूला प्रतियोगिताको समूह चरणमा भिड्न लागेको यो चौथो पटक हो। सन् २००४ को युरो २००६ को विश्वकप र २०१४ को विश्वकपमा पनि यदी दुईबीच खेल भएको थियो जसमा फ्रान्स अपराजित रहेको छ।
खेल हुने स्थान : स्टेड पिएरो माउरे, लिले
खेल हुने समय : १२:४५ बजे
यसअघिका खेल : फ्रान्स २–१ रोमानिया, फ्रान्स २–० अल्बानिया, स्विट्जरल्याण्ड १–० अल्बानिया, स्विट्जरल्याण्ड १–१ रोमानिया
फिफा वरियता : फ्रान्स १७, स्विट्जरल्याण्ड १५
युरोमा सहभागिता : फ्रान्स ९, स्विट्जरल्याण्ड ४
मुख्य उपलब्धि : फ्रान्स विजेता १९८४ र २०००
हेर्नलायक खेलाडी : दिमित्री पायट, फ्रान्स
रेफ्री : दमिर स्कोभिना, स्लोभेनिया
हेड टु हेड : फ्रान्स १६, स्विट्जरल्याण्ड १२, बराबरी ९
खेल हुने समय : १२:४५ बजे
यसअघिका खेल : फ्रान्स २–१ रोमानिया, फ्रान्स २–० अल्बानिया, स्विट्जरल्याण्ड १–० अल्बानिया, स्विट्जरल्याण्ड १–१ रोमानिया
फिफा वरियता : फ्रान्स १७, स्विट्जरल्याण्ड १५
युरोमा सहभागिता : फ्रान्स ९, स्विट्जरल्याण्ड ४
मुख्य उपलब्धि : फ्रान्स विजेता १९८४ र २०००
हेर्नलायक खेलाडी : दिमित्री पायट, फ्रान्स
रेफ्री : दमिर स्कोभिना, स्लोभेनिया
हेड टु हेड : फ्रान्स १६, स्विट्जरल्याण्ड १२, बराबरी ९
सम्भावित लाइनअप
स्विट्जरल्याण्ड : यान सोमर, स्टेफन लिचट्टाइनर, फावियन स्चायर, जोहान डिजुरोउ, रिकार्डो रोड्रिग्वेज, भालोन बेहरमी, ब्लेरिम डिजेमइली, ग्रान्ट जाका, जेद्रान शाकिरी, हारिस सेफेरोभकि, अदमिर मेहमदीफ्रान्स : ह्युगो लोरिस, बेकरी सान्या, एदिल रामी, लउरेन्ट कोस्चिल्ने, प्याट्रिस एभ्रा, योहान कावाये, ब्लइस मटुइडी, दिमत्री पायट, पउल पोग्वा, एन्टोनी ग्रिज्मन, आन्द्रे पिएरे गिग्नाक