PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

करिब एक केजी अवैध सुनसहित एक युवक पक्राउ



पहिलोपोस्ट

सर्लाही : झन्डै एक किलोग्राम अवैध सुनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

करिब ४९ लाख ११ हजार ७ सय ६५ रुपैयाँ बराबरको ९९९.८४० ग्राम अवैध सुनसहित सर्लाही औरही–२ का २१ वर्षीय अजयकुमार यादव पक्राउ परेका हुन्।

मलंगवा नगरपालिका–१० स्थित टावर चोकबाट भारतको सोनवर्सातर्फ बि.आर ३० एम–४०६९ नम्बरको मोटरसाइकल जाँदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्दा सुन फेला परेको हो। मोटरसाइकलको डिकीमा प्लास्टिकको पोकोभित्र कागजले बेरी राखेको १२ टुक्रा सुन प्रहरीले बरामद गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell