काठमाडौँ : यस पटक प्रवेशिका परीक्षा (एसएलसी) को नतिजालाई ग्रेडमा सार्वजनिक गर्ने निर्णयले धेरैलाई अन्यौल बनायो। यस पटक पास,फेल र डिभिजन हैन ग्रेड र जिपिएमा रिजल्ट आयो। धेरैलाई फलानो ग्रेड र फलानो जिपिए भन्नाले कति प्रतिशत हो भन्ने जिज्ञासाले सताइरह्यो।
केहीले उपाय पनि निकाले, जिपिएलाई २५ ले गुणन गर्दा प्रतिशत आउँछ। कसैले जिपिए ४ आएकोलाई बोर्ड फर्स्ट घोषणा गर्नसम्म भ्याए। तर केहीले भने हिसाबै गरेर ४ जिपिए आएकोले भन्दा ३.८ जिपिए आएकाको प्राप्ताङ्क र प्रतिशत बढी हुनसक्ने देखाए।
फेसबुकमा भाइरल भएको अरुण उपाध्यायले गरेको हिसाब अनुसार ७५२ अङ्क ल्याउनेको जिपिए ३.८ मात्र हुनसक्छ भने ७२९ अङ्क मात्र ल्याउनेको जिपिए ४ हुन सम्भव छ।
हेर्नुस् हिसाब
कसलाई कति ग्रेड ?
९० – १०० A+ Outstanding जिपिए ४.०८० – ९० भन्दा कम A Excellent जिपिए ३.६
७० – ८० भन्दा कम B+ Very good जिपिए ३.२
६० – ७० भन्दा कम B Good जिपिए २.८
५० – ६० भन्दा कम C+ Above average जिपिए २.४
४० – ५० भन्दा कम C Average जिपिए २.०
२० – ४० भन्दा कम D Below average जिपिए १.६
१ – २० भन्दा कम E Insufficient जिपिए ०.८
० N Not Graded जिपिए ०