PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

यस्तो बन्ने भयो संसदीय सुनवाई समिति, १० जनाले नमाने नाम अस्वीकृत हुने



पहिलोपोस्ट

यस्तो बन्ने भयो संसदीय सुनवाई समिति, १० जनाले नमाने नाम अस्वीकृत हुने

काठमाडौँ :  सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरुबीचको विवादले लामो समयदेखि अड्किएको संसदीय सुनुवाई समितिको विवाद आज संसदले टुङ्गो लगाएको छ।  संसदको आजै बसेको बैठकले संसदीय सुनुवाई समिति गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

१५ सदस्यीय समितिमा नेपाली कांग्रेसका ६ सदस्य रहनेछन् भने एमालेका ४ र माओवादी केन्द्र(एमाओवादी) का २ र राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका १-१ सदस्य रहनेछन्। १ सदस्य हाललाई खाली राखिएको छ। 

दलहरुबीच समितिको सभापतिमा केबी गुरुङलाई दिने अनौपचारिक सहमति समेत भएको छ।  

समितिका १० सदस्य अर्थात् दुई तिहाईले अनुमोदन नगरे नाम स्वीकृत हुने छैन। यसअघि सर्वसम्मतिले अनुमोदन नगरेसम्म नाम अस्वीकृत नहुने प्रावधान थियो। 
 

को को छन् समितिमा?

अनिता परियार - एमाओवादी
अष्टलक्ष्मी शाक्य - एमाले
अानन्द ढुङ्गाना - कांग्रेस
केबी गुरुङ - कांग्रेस
गणेशमान गुरुङ - एमाले
चीनकाजी श्रेष्ठ - कांग्रेस
चित्रलेखा यादव - कांग्रेस
धर्मनाथप्रसाद शाह तेली - एमाले
भानुभक्त ढकाल - एमाले
योगेन्द्र चौधरी - फोरम लोकतान्त्रिक
सइन्द्र वान्तवा - राप्रपा नेपाल
प्रकाशशरण महत - कां‌ग्रेस
बालकृष्ण खाँड - कांग्रेस
हितराज पाण्डे - एमाओवादी
बाँकी १ जना
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell