PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

१२ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रदान गरिने



पहिलोपोस्ट

१२ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रदान गरिने

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष वितरण गर्दै आएको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रदान गर्ने भएको छ। संघले आइतबार पत्रकार सम्मेलन गरी अवार्ड आयोजनाको मिति घोषणा गरेको हो।

गत वर्ष मुलुकले बेहोरेको विनाशकारी भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा अवार्डको आयोजना हुन सकेको थिएन। तर यो पटक भने मञ्चले अवार्डलाई निरन्तरता दिन लागेको हो ।

खेल क्षेत्रमा अतुलनीय योगदान गर्न सफल खेलाडी, प्रशिक्षक, खेलपदाधिकारी, खेल संस्थाको सम्मानमा मञ्चले पल्सर स्पोर्टस अवार्ड २०६० सालदेखि प्रदान गर्दै आएको छ।

१२ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड साउन ६ गते प्रज्ञा भवनमा हुनेछ।

यसअघि अवार्ड समारोह विश्व खेलकुद पत्रकार दिवस अर्थात् जुलाई २ को अवसर पारेर गरिँदै आएको थियो भने केही संस्करण खेलकुद पत्रकार मञ्च स्थापनाको अवसरमा पनि आयोजना गरियो।

यसअघि जस्तै यो पटक पनि वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, लोकप्रिय खेलाडी, पारा खेलाडी, लाइफटाइम अचिभमेन्ट र स्पेशल अवार्ड गरी कुल ८ विभिन्न विधामा खेलाडीलाई सम्मान गरिँदैछ।

वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी र लोकप्रिय विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने विभिन्न उपहारहरु समेत पाउनेछन्। यस्तै अन्य विधाका विजेताले नगद ५० हजार सहित उपहार प्राप्त गर्नेछन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा हरेक विधाको उत्कृष्ट खेलाडीहरुको मनोनयन केही दिनमै सार्वजनिक गर्ने मञ्चले जनाएको छ।
 

हंशराज हुलासचन्द एण्ड कम्पनीसँग सम्झौता

७ वर्षदेखि स्पोर्टस अवार्डसँग सहकार्य गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनीसँग मञ्चले पाँच वर्षको लागि नयाँ सम्झौता गरेको छ। सम्झौतामा मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य र कम्पनीका तर्फबाट शेखर गोल्छाले हस्ताक्षर गरे।

सम्झौता अनुसार पल्सर स्पोर्टस अवार्डका लागि कम्पनीले करिब १५ लाख उपलब्ध गराउनेछ। त्यसैभित्र तीन थान पल्सर मोटरसाइकल र अरु नगद उपलब्ध गराउने कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell