PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

साउन २१ मा आउने भयो 'एक पल'



पहिलोपोस्ट

साउन २१ मा आउने भयो 'एक पल'

'भन्छन् मान्छे एक पल यसरी बहुलाउँछ, त्यो पलले उसलाई किन सबैभन्दा राम्रो मान्छे बनाउँछ या त सबैभन्दा खत्तम। एउटा आम युवकको त्यही पल जसले उनलाई पीडामा पुर्‍याउँछ त्यही कथालाई फिल्ममा उतारिएको छ।'

साउन २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'एक पल'को ट्रेलर सार्वजनिक कार्यक्रममा माथिको भनाई राखिसकेपछि फिल्म निर्देशक राज शाक्यले भने,'चलचित्रमा नयाँ धार, नयाँ धार भनिन्छ। तर पुरानै शैलीमा बनेको फिल्म पनि राम्रो बन्छ भन्ने उदाहरण हो एक पल।'

रामलाल मानन्धार निर्मित फिल्ममा जेनिशा केसी र आरियको मुख्य भूमिका रहेको छ। अभिनेत्री जेनिशाले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा भनिन्,'फिल्म म्युजिकल लभ स्टोरी हो। आशा गर्छु दर्शकलाई मनपर्छ। यसको गीत संगीतले अवश्य तान्छ।'

कार्यक्रममा निर्माता संघका महासचिव केशव भट्टराई, कलाकार संघका अध्यक्षको पनि उपस्थिति रहेको थियो। फिल्मका गीतहरुको पनि आजै भिडियोसहितको एल्बम सार्वजनिक गरियो। एकपलका गीतहरुमा रजिना रिमाल, अन्जु पन्त, दिपक लिम्बु, प्रमोद खरेलले स्वर दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell