काठमाडौँ : आइतबार गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयको ग्राउण्डमा खुसीको माहौल बेग्लै थियो। धेरैका गलामा राता माला थिए, निधारमा रातै टीका। खुसी मनाउने त्यही भिडकी एक पात्र थिइन् सुष्मा वैद्य। उनी माओवादी नेता मोहन वैद्यकी श्रीमती हुन्। तर आज उनी त्यो हैसियतमा हैन, एसएलसी पास एक ६१ वर्षीय विद्यार्थीका रुपमा सम्मानित भइरहेकी थिइन्।
‘यति खुसी छु, यति खुसी कि बोल्ने शब्द नै छैन’, उनले पहिलोपोस्टसँग खुसी साट्दै भनिन्, ‘दुई चार अक्षर चिन्न मात्र आएको, आज एसएलसी पास गरेछु।‘
बिहीबार सार्वजनिक गरिएको एसएलसी परीक्षामा उनले ‘डी प्लस’ ल्याएर पास गरेकी हुन्। पहिलो पटक दिएको एसएलसीमा फेल भएकी थिइन्। अहिले भने उनको खुसीको सीमा नै छैन।
उनीमात्र हैन, उनको घरपरिवार श्रीमान् मोहन वैद्य पनि खुसी छन्।
अर्घाखाँचीमा जन्मिएकी सुष्मा परम्परागत परिवारमा जन्मिइन् जहाँ छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यताले जरो गाडेको थियो। तर शुष्माको पढ्ने इच्छा भने थियो। १८ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएपछि घर परिवारको जिम्माका कारण पढ्ने मेसो नै जुरेन।
२०५२ सालदेखि त पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सशस्त्र युद्ध नै सुरु भयो। उनै प्रचण्डले राजनीतिक गुरु मान्ने व्यक्ति उनका श्रीमान् थिए। माओवादीका प्रमुख नेतामध्ये एक भएकोले भूमिगत रुपमै उनका दिन बित्न थाले। उमेरले पनि ५० काटिसकेको थियो।
जब माओवादीले सरकारसँग शान्ति सम्झौता गर्यो र नेताहरु जंगलबाट काठमाडौँमा बसाइँ सरे, तब उनको मनमा गढेर बसेको पढ्ने इच्छा फेरि जाग्यो। उमेरले छेक्ने कुरै भएन। अनि ५२ वर्षको उमेरमा शुष्मा स्कूलको ड्रेस लगाएर झोला र खाजा बोकेर स्कुल धाउन थालिन्।
शुष्मा भन्छिन्, ‘त्यतिखेर कतिले यो उमेरमा पढेर के गर्छेसम्म भने। कतिले त मर्ने बेलामा हरियो काँक्रोसम्म भने।‘
‘तर मैले हिम्मत हारिनँ। अरुको कुरा नसुनी अघि बढेकोले नै आज यो फल पाएको छु’ , निधारमा लगाएको सफलताको टीका देखाउँदै यसो भनिरहँदा उनको अनुहारको तेज नै बेग्लै थियो।
‘शिक्षा नहुँदा गोरु जस्तै हुइँदो रहेछ, अरु त अरु घरमा नातिनातिनाले समेत नपढेको भनेर हेप्दा रहेछन्’, उनले यस्तो भनिरहँदा कक्षा ७ मा अध्ययनरत उनकी नातिनी अदिती सँगै थिइन्। नातिनी भन्छिन्, ‘मैले हजुरआमालाई अङ्ग्रेजी सिकाउँथे।
शुष्माले पनि भनिन्, ‘हो, मलाई घरमा सबैले सहयोग गर्नुहुन्थ्यो। धेरै संघर्ष थियो पढ्नलाई। तर कहिले स्कुल छुटाइनँ। स्कूलमा सबैभन्दा बढी हाजिर मेरै हुन्थ्यो। एसएलसीको बेला त दुई घण्टामात्र सुतेर पढेकी छु।‘
अब उनी एसएलसी पास भइन्। उच्च शिक्षामा के विषय पढ्ने मन छ त? उनी भन्छिन्, के पढ्ने हो सोचेको छैन। साइन्स र म्याथ पढ्न सक्दिनँ होला। हेरुम् के पढ्छु।
उनलाई शिक्षक बनेर देशको सेवा गर्न मन छ। म जस्तै पढ्न मन हुनेलाई पढाउन मन छ। त्यसो त उनका पति मोहन वैद्य पनि पहिले शिक्षक नै थिए।
अहिले जुन विद्यालयबाट एसएलसी पास गरिन्, त्यही स्कुलमा पढाउने अफर पनि आएको छ उनलाई। उनी भन्छिन्, दुई चार कक्षासम्म त पढाउन सक्छु। समय मिलाएर पढाउँछु पनि।
उनी भन्छिन्, ‘बुजुर्वा शिक्षा भने पनि, जे भने पनि. शिक्षा जुन पनि काम लाग्दो रहेछ।‘