PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

दोस्रो प्रयासमा एसएलसी पार गरेपछि मोहन वैद्यकी श्रीमतीको निधारभरी रातो टीका

दोस्रो प्रयासमा एसएलसी पार गरेपछि मोहन वैद्यकी श्रीमतीको निधारभरी रातो टीका

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : सुष्मा वैद्यको निधारमा अरु बेला पनि रातो टीका हुन्थ्यो। तर श्रीमान् मोहन वैद्यको सफलताका कारण। आइतबार भने उनको निधारमा लागेको रातो टीका उनकै पौरखको नतिजा थियो।

पोहोर एसएलसीमा फेल भए पनि दोस्रो पटकको प्रयासमा डी प्लस ल्याउन सफल भएकी हुन् ६१ वर्षकी वैद्य। आइतबार गोंगबुमा रहेको चेतना महिला माध्यमिक विद्यालयको ग्राउण्डमा उनी लगायत एसएलसी ग्राजुएटहरुका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। 

५२ वर्षको उमेरमा शुष्मा स्कूलको ड्रेस लगाएर झोला र खाजा बोकेर स्कुल धाउन थालिन्। 

शुष्मा भन्छिन्, ‘त्यतिखेर कतिले यो उमेरमा पढेर के गर्छेसम्म भने। कतिले त मर्ने बेलामा हरियो काँक्रोसम्म भने।

‘तर मैले हिम्मत हारिनँ।  अरुको कुरा नसुनी अघि बढेकोले नै आज यो फल पाएको छु’ , निधारमा लगाएको सफलताको टीका देखाउँदै यसो भनिरहँदा उनको अनुहारको तेज नै बेग्लै थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell