
युरो कप फुटबल अन्तर्गत समूह एको अन्तिम खेलहरुमा आज रोमानियाले अल्बानियाको सामना गर्दैछ भने फ्रान्सले स्वीटजरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार मध्यरात १२ बजेर ४५ मिनेटमा हुनेछ।
त्यसो त खेलमा जितहारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।
भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषको भविष्यवाणी राख्दैछौँ।
को जित्ने, को हार्ने?
'बराबरी हुने स्थिलाई गणित गरिएको छैन। २ बजेर ५८ मिनेटको काठमाडौंको आकाशको सासकिय ग्रह अनुसार लग्न स्वामी : शुक्र, राशी स्वामी : मंगल, चन्द्र नक्षत्र स्वामी : बुध र बार स्वामी : सुर्य रहेका छन्', उनी आफ्नो भविष्यवाणीको हिसाब बताउँछन्।
सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्नमाथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'
सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।