
युरो २०१६ अन्तर्गत आज राति समूह ए का अन्तिम दुई खेल हुँदैछन्। समूह ए का दुवै खेल मध्यरात १२ः४५ बजे हुनेछ जसमा स्विट्जरल्याण्ड र फ्रान्स तथा रोमानिया र अल्बानिया भिड्दैछन्।
रोमानिया र अल्वानियालाई नकआउट चरणमा स्थान बनाउने हो भने स्पष्ट जितको खाँचो छ। समूह चरणको दुई खेल पछि रोमानिया एक अंकसहित तेस्रो तथा अंक विहिन अल्वानिया पुछारमा छ।
फ्रान्स समूह ए बाट यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। फ्रान्ससँग जित वा बराबरीले स्विट्जरल्याण्ड नकआउट चरणमा पुग्नेछ भने पराजय बेहोरे रोमानिया र अल्वानिया बीचको खेलले निर्धारण गर्नेछ।
रोमानिया भर्सेस अल्वानिया, समूह ए
नकआउट चरणमा स्थान बनाउन रोमानिया र अल्वानिया दुवै टीमलाई स्पष्ट जितको खाँचो छ।सन् २००८ मा क्वाटरफाइसम्म पुगेको रोमानिया पछिल्लो पटक २००८ मा समूह चरणबाटै बाहिरिएको थियो। छनोट चरणमा अपराजित रहँदै युरो २०१६ खेलेको रोमानियाले यो पटक राम्रो प्रदर्शन गर्न सकेको छैन। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको रोमानिया दोस्रो खेलमा स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको थियो।
यता पहिलो पटक खेल्दै गरेको अल्वानियाले अहिलेसम्म अंक नै जोड्न सकेको छैन भने गोल पनि गर्न सकेको छैन।
पहिलो खेलमा स्ट्जिरल्याण्डसँग हारेको अल्वानिया दोस्रो खेलमा आयोजक फ्रान्ससँग अन्तिम समयमा पराजित भएको थियो।
नकआउट चरण प्रवेश गर्न अल्वानियाले रोमानियालाई हराउनैपर्ने बाध्यता छ भने अन्य समूहको तेस्रो स्थानको टीमको नतिजा समेत कुनुपर्नेछ।
खेल हुने स्थान : स्टेड डे लियोन, लियोन
खेल हुने समय : १२ः४५ बजे मध्य राती
यसअघिका खेल : रोमानिया १–२ फ्रान्स, रोमानिया १–१ स्विट्जरल्याण्ड, अल्वानिया ०–१ स्विट्जरल्याण्ड, अल्वानिया ०–२ फ्रान्स
फिफा वरियता : रोमानिया २२, अल्वानिया ४२
युरोमा सहभागिता : रोमानिया ५, अल्वानिया १
मुख्य उपलब्धी : रोमानिया, क्वाटरफाइनल २००२
हेर्नलायक खेलाडी : बोगदान स्टानचु, अर्मान्डो सादिकु
रेफ्रि : पाभेल क्रालोभेक, चेक
हेड टु हेट : रोमानिया १०, अल्वानिया २, बराबरी ४
सम्भावित लाइनअप
रोमानिया : सिप्रियन तातारुसानु, क्रिस्टियन सापुनारु, भ्लाड चिचिरेस, ड्रागोस ग्रिगोर, राजभन रात, आन्द्रेइ प्रेपिटिला, ओभिडी होवन, गाब्रिएल तोर्जे, निकोलय स्टानचिउ, बोगदान स्टानचु, डेनिस अलिबेकअल्वानिया : एट्रिट बेरिसा, एल्सेद हाइसाज, लोरिक काना, मेर्गिम माभराज, अन्सी अगोली, एन्डी लिला, इर्गिस केस, टउलान्ट जाका, अमिर अब्रासी, एरमिर लेन्जानी, अर्मान्डो सादिकु