PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कोपा अमेरिका सेमिफाइनल समीकरण पूरा, थाहा पाउनुस् कसले कोसँग खेल्दैछ?



पहिलोपोस्ट

​कोपा अमेरिका सेमिफाइनल समीकरण पूरा, थाहा पाउनुस् कसले कोसँग खेल्दैछ?

अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको सेमिफाइनल समीकरण पूरा भएको छ। कूल १६ राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा ल्याटिन अमेरिकाबाट अर्जेन्टिना, कोलम्विया, डिफेन्डिङ च्याम्पियन चिली र आयोजक अमेरिका सेमिफाइनलमा प्रवेश गरेका छन्।

पहिलो पटक दक्षिण अमेरिकी महादेश बाहिर आयोजना भएको प्रतियोगितामा पहिलो पटक १६ राष्ट्रको सहभागिता रहेको थियो । 

क्वार्टरफाइनलमा भएको चार खेलमा पेनाल्टी सुटआउट बाहेक कुल १५ गोल भयो । तीन क्वार्टरफाइनलको नतिजा निर्धारित समयमै आयो भने एक खेलको छिनोफानो पेनाल्टी सुटआउट बाट भएको थियो । 

पहिलो क्वार्टरफाइनलमा आयोजक अमेरिकाले इक्वेडरलाई २–१ ले हरायो । कोलम्बिया र पेरु बीचको दोस्रो क्वार्टरफाइनलको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजाको छिनोफानो भएको हो । जसमा कोलम्वियाले पेनाल्टी सुटआउटमा पेरुलाई ४–२ ले पराजित गर्यो । 

तेस्रो क्वार्टरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई ४–१ हरायो भने अन्तिम क्वाटरफाइनलमा चिलीले मेक्सिकोलाई ७–० को हानदार नतिजामा पराजित गर्यो ।  चिलीलाई शानदार जित दिलाउन एडुअर्डो भर्गासले चार गोल गरे । उनी जारी प्रतियोगितामा हयाट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् भने ६ गोल सहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । 

कोपा अमेरिका सेन्टेनारियोमा पहिलो ह्याट्रिक गरेका अर्जेन्टाइन कप्तान लियोनल मेसी ४ गोल सहित सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रोमा छन्।
 
समूह चरणमा पानामाविरुद्ध ह्याट्रिक गरेका मेसीले भेनेजुएला विरुद्धको खेलमा एक गोल गर्दै गाब्रीएल बाटिस्टुटाको नाममा रहेको सर्वाधिक ५४ गोलको रेकर्ड समेत बराबरी गरे।
 
सेमिफाइनलमा पुगेका चार राष्ट्रमध्ये तीन पूर्व च्याम्पियन हुन् भने आयोजक अमेरिकाले अहिलेसम्म उपाधि जितेको छैन । १४ पटकको च्याम्पियन अर्जेन्टिना सर्वाधिक उपाधि जितेको उरुग्वे भन्दा एक उपाधिले मात्र पछि छ । यो पटक उपाधि जित्न सके उरुग्वेसँग बराबरी गर्नेछ भने अन्तर्राष्ट्रिय फुटबलमा २४ वर्षे उपाधि खडेरी समेत तोड्न सक्छ ।
 
यस्तै चिली र कोलम्वियाले समान एक पटक कोपा अमेरिकाको उपाधि जितेको छ । 

सेमिफाइनल खेल तालिका

असार ८ गते बुधबार :  अमेरिका भर्सेज अर्जेन्टिना     बिहान ६ः४५ बजे
असार ९ गते बिहीबार :  कोलम्बिया भर्सेस चिली        बिहान ५ः४५ बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell