PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

अम्बर गुरुङलाई संगीत महर्षिको सम्मान दिनुपर्ने माग

अम्बर गुरुङलाई संगीत महर्षिको सम्मान दिनुपर्ने माग

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एक कार्यक्रममा वक्ताहरुले संगीतज्ञ अम्बर गुरुङलाई 'संगीत महर्षि'का रुपमा सम्मान दिइनुपर्ने आवाज उठाएका छन्।

यलमाया क्लासिकले गुरुङको १३औं दिनको पुण्यतिथिमा गरेको 'संगीत र श्रद्धाञ्जली' कार्यक्रमका सहभागीहरू समेत गुरुङको सांगीतिक योगदानको मूल्यांकन गर्दै संगीत महर्षिका रूपमा स्थापित गराउनुपर्नेमा सहमत भएका हुन्। 

आइतबार साँझ भएको कार्यक्रममा बोल्दै चलचित्रकर्मी तथा संस्कृतिविद चेतन कार्कीले गुरूङ सुगम संगीतका महर्षि भएकाले सोही रुपमा चिनाउनुपर्नेमा जोड दिए। 'नारायणोपाललाई पनि जनमनले नै स्वर सम्राटको उपाधि दिएको हो, राज्यले होइन,' उनले भने, 'हामीले पनि अम्बर गुरुङलाई संगीत महर्षिले सम्मान गर्यौं भने त्यो दिगो रहन्छ।'

गुरुङको सम्झना गर्दै संगीतकर्मी पिटर जे कार्थकले दार्जिलिङदेखि काठमाडौंसम्मका अम्बर-स्मृतिहरु सुनाए।'नौलाख ताराले त्यत्रो उधुम मच्चाउँदा पनि उहाँलाई वास्तै भएन,' उनले काठमाडौं आएपछिका दिन सम्झिए,'नौलाख ताराको लफडा के रहेछ पिटर? भनेर मलाई सोध्नुहुन्थ्यो।'

गुरुङका सुपुत्र किशोरले आफ्ना बुबालाई गुरुका रुपमा सम्झिँदै पाश्चात्य संगीतबारे धेरै ज्ञान लिन पाएको स्मरण गरे।

राष्ट्रगानको धुनबाट सुरु गरिएको कार्यक्रममा सुजाता बर्मा, शैलेस सिंह, बेनुका राई, मीना निरौला, जोनिशा पौडेल लगायतका गायक-गायिकाले गुरुङले गाएका र संगीतबद्ध गरेका गीत प्रस्तुत गरेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell