PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

​बराबरीपछि फ्रान्स समूह ए को विजेता, स्विट्जरल्याण्ड पहिलो पटक नकआउट चरणमा



पहिलोपोस्ट

​बराबरीपछि फ्रान्स समूह ए को विजेता, स्विट्जरल्याण्ड पहिलो पटक नकआउट चरणमा

आयोजक फ्रान्स समूह ए को विजेता बन्दै युरो २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ए को उपविजेता बनेको स्विट्जरल्याण्ड पहिलो पटक युरोकपको नकआउट चरण पुग्न सफल भएको छ।
 
गएराती भएको समूह ए को खेलमा फ्रान्स र स्ट्जिरल्याण्डले गोलरहित बराबरीपछि खेलेपछि फ्रान्स समूह विजेता र स्विट्जरल्याण्ड उपविजेता बनेको हो।
 
बराबरीपछि फ्रान्सको तीन खेलबाट ७ अंक भएको छ भने स्विट्जरल्याण्डको ५ अंक भएको छ।

अघिल्ला दुई खेलमा जितका लागि संघर्ष गरेको फ्रान्सले स्विट्जरल्याण्ड विरुद्ध भने गोल गर्न सकेन। पहिलो खेलमा रोमानियालाई २–१ ले हराएको फ्रान्सले दोस्रो खेलमा अल्वानियालाई २–० ले पराजित गरेको थियो।
 
फ्रान्सले अब अन्तिम १६ मा तेस्रो स्थानमा रहने समूह सी÷डी÷ई मध्ये एक टीमसँग खेल्नेछ। स्विट्जरल्याण्डले भने समुह सी को उपविजेतासँग खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell