PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​अल्वानियाको ऐतिहासिक जित, अन्तिम १६ मा पुग्न अरुको नतिजा पर्खनुपर्ने



पहिलोपोस्ट

​अल्वानियाको ऐतिहासिक जित, अन्तिम १६ मा पुग्न अरुको नतिजा पर्खनुपर्ने

पहिलो पटक युरो कप खेल्दै गरेको अल्वानिया समूह चरण अन्तर्गत सुरुका दुई खेलमा पराजित भयो। स्विट्जरल्याण्ड र फ्रान्ससँग पराजित भएको अल्वानियाले समूह चरणको अन्तिम खेलमा रोमानियालाई पराजित गर्न सफल भएको छ।
 
जितसँगै महत्वपुर्ण तीन अंक जोडेको अल्वानियाको नकआउट चरण प्रवेश गर्ने सम्भावना कायमै छ। समूह चरणको अन्तिम खेलमा अल्वानियाले रोमानियलाई १–० गोल अन्तरले पराजित गरेको हो। 

अल्वानियालाई ठुला प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा फरवार्ड अर्मान्डो सादिकुले निर्णायक गोल गरे।
 
जितपछि ३ अंक जोडेको अल्वानिया समूह ए को तेस्रो स्थानमा छ भने अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ। पहिलो पटक युरोमा सहभागि राष्ट्रको संख्या २४ पुर्याएसँगै अल्वानिया जस्ता राष्ट्रहरुले पनि युरो खेल्ने अवसर पाएका हुन्।
 
यस्तै ६ समूहमा विभाजन गरिएको युरोमा यसपटक समूहको शीर्ष दुईम रहने १२ टीमसँगै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टीम पनि अन्तिम १६ मा प्रवेश गर्नेछन्।
 
त्यसका लागि अल्वानियाले समूहको अन्तिम खेलसम्म कुर्नुपर्ने हुन्छ। यदी अल्वानिया अन्तिम १६ मा पुगे उसले समूह बी वा समूह डी को विजेतासँग खेल्नुपर्ने हुन्छ।
 
समूह बी मा इंगल्याण्ड, स्लोभाकिया, वेल्स जस्ता टीम समूह विजतो बन्ने दाउमा छन् भने समूह डी बाट स्पेन समूह विजेता बन्ने सम्भावना बढी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell