PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​जर्सी कागज जसरी च्यातियो, बलको हावा खुस्कियो



पहिलोपोस्ट

​जर्सी कागज जसरी च्यातियो, बलको हावा खुस्कियो

युरो अन्तर्गत फ्रान्स र स्विट्जरल्याण्ड बीचको खेल दुई अनौठा दृश्य देखियो। समर्थकको आशा बमोजिम खेलमा दुवै टीमले गोल गर्न सकेनन् र बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरे। तर मैदानमा भने कसैले नसोचेको दुई घटना देखियो।
 
पहिलो स्विट्जरल्याण्डका चार खेलाडीको जर्सी खेल्ने क्रममै च्यातिनु, अर्को खेलिरहेको बलको हावा खुस्किनु। यसमा खेल सामाग्री उत्सापन गर्ने कम्पनीद्धय पुमा र एडिडासको कमजोरी रहेको प्रष्टै देखिन्छ।
 
स्विट्जरल्याण्डका खेलाडीले पुमा ब्राण्डको जर्सी लगाएका थिए। तर खेल दौरान चार स्विस खेलाडीको जर्सी च्यातिएपछि परिवर्तन गर्नुपरेको थियो।

ग्राण्ट जाका, एडमिर मेहमदी, ब्लेरिम डिजेमाइली, ब्रिल एमबोलोको जर्सी च्यातिएको हो। जर्सी च्यातिएपछि जाकाले मात्र आफुले लगाएको जर्सी परिवर्तन गरेरका थिए।
 
कथा जर्सी च्यातिनुमा मात्रै सिमित रहेन। दोस्रो हाफमा त खेलिरहेको बलको हावा खुस्कियपछि केहि समयका लागि खेल नै रोकिएको थियो। 

पुर्व इंग्सिल खेलाडी तथा कमेन्टेटर ग्यारी लिनेकरले स्विस खेलाडीको जर्सी कागजजस्तै च्यातिएको प्रतिक्रिया दिएका छन् । 
  














फोटोहरु डेलिमेलबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell