PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विनियोजन विधेयकको किताब नदिएको भन्दै कांग्रेसद्वारा संसदमा अवरोध



पहिलोपोस्ट

विनियोजन विधेयकको किताब नदिएको भन्दै कांग्रेसद्वारा संसदमा अवरोध

काठमाडौँ : नेपाली कांग्रेसले संसदमा विनियोजन विधेयक माथिको छलफलमा अवरोध गरेको छ। कांग्रेसले विज्ञान तथा प्रविधि, सामान्य प्रशासन मन्त्रालय र आपूर्ती मन्त्रालयको बजेट कार्यक्रम नआइकन छलफल अगाडि बढाएको भन्दै विरोध जनाएको हो।
 
कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको हो। 

कांग्रेसका सांसद रामहरी खतिवडाले तीन मन्त्रालयको जिल्लागत कार्यक्रम नआएको भन्दै कसरी छलफल गर्ने भन्दै प्रश्न उठाएका थिए। ''यो संसदकै अपमान भयो'' उनले भने, ''हामी सदनमा छलफलमा आउनु अघि किताब पठाइएन। त्यसैले किताब नभएसम्म कार्यसूची अगाडि नबढाइयोस्।'' खतिवडाले बोले लगत्तै कांग्रेसका सबै सांसद आफ्नो स्थानबाट उठेका थिए। 

सभामुख ओनसरी घर्तीले मन्त्रालयहरुले जिल्लागत कार्यक्रम नै नरहेको लखित पत्र रहेको भन्दै सांसदहरुलाइ पिजन होल चेक गर्न आग्रह गरेकी थिइन्। सांसदहरुलाइ मन्त्रालय र सचिवालयल उपलब्ध गराउने किताब तथा कागजपत्र र डकुमेन्ट पिजन होलामा राखिदिने गरेको छ।
 
पटक पटक सभामुखले पिजन होल अपडेट गर्न आग्रह गर्दै बस्न अनुरोध गर्दा समेत कांग्रेस सांसदहरुले अटेर गरेका थिए। 

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जिल्लागत खर्च नभएको भन्ने आफूलाइ विश्वास नभएको बताए। ''आपूर्ती मन्त्रालयले जिल्लाहरुमा चामल ढुवानीको खर्च छुट्याएको हुन्छ। मलाइ जिल्ला खर्च छैन भन्नेमा विश्वास छैनु'' उनले भने। श्रेष्ठले सदन केहिबेर स्थगित गरेर सत्तापक्षसँग छलफलको आवश्यकता रहेको बताएका थिए। 

लगत्तै सभामुख घर्तीले सदन आधा घण्टाका लागि स्थगित गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell