PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

काबुल आक्रमणको मोदीले गरे निन्दा, भन्छन्- 'नेपाल सरकारलाई सहयोग गर्न तयार छौँ'



पहिलोपोस्ट

काबुल आक्रमणको मोदीले गरे निन्दा, भन्छन्- 'नेपाल सरकारलाई सहयोग गर्न तयार छौँ'

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयपछि नेपालबारे सार्वजनिक प्रतिक्रिया दिएका छन्। यो अवस्था जुराइदियो अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणले।

मोदीले सोमबार मध्याह्न ट्विट गर्दै काबुलमा भएको घटनाको निन्दा गर्दै निर्दोष नागरिकहरुको ज्यान गएकोमा अफगान र नेपाल सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना दिएका छन्। 


अर्को ट्विटमा उनले यो दुःखद घडीमा नेपाल सरकारलाई आवश्यक सबै सहयोग प्रदान गर्न आवश्यक कदम चालिरहेको जानकारी दिएका छन‍्। 
अफगानिस्तानमा नेपालको दूतावास छैन। पाकिस्तानस्थित दूतावासले नै अफगानिस्तान हेर्ने गर्छ। तर भारतको भने अफगानिस्तानमा दूतावास रहेको छ।

घटनामा ज्यान गुमाएका नेपालीहरुको शव ल्‍याउन भारतको सहयोग महत्त्वपूर्ण हुनेछ।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकाबिहानै भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको थियो। 

अफगानी आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार काबुलको पिडी ९ को बनाए एरियामा रहेको एउटा विदेशी कम्पनीमा कार्यरत कर्मचारीहरु चढेको एउटा मिनिबसलाई लक्षित गर्दै बिहान ५ बजेर ४० मिनेटमा आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए। 

विस्फोटमा १४ नेपाली नागरिकको मृत्यु भएको र नौ जना घाइते भएको मन्त्रालयले पुष्टि गरेको छ। घाइतेमध्ये पाँच जना नेपाली र चार जना अफगानी छन्। 



अफगानिस्तानको पाझोक न्युज एजेन्सीले आक्रमणको जिम्मा तालिवानले लिएको बताएको छ। 

वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा ९२१ पुरुष र १ महिला अनुमति प्राप्त गरी कार्यरत छन्-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell