
युरो २०१६ अन्तर्गत आज राति समूह 'बी'का अन्तिम दुई खेल हुँदैछन्। समूह 'बी'का दुवै खेल मध्यराति १२ः४५ बजे हुनेछ जसमा स्लोभाकिया र इंगल्याण्ड तथा रसिया र वेल्स भिड्दैछन्।
समूह 'बी'बाट कुनै पनि टीम नकआउट चरणमा पुगिसकेका छैनन्। चारमध्ये जुनसुकै दुई टीम समूह विजेता र उपविजेता बन्न सक्छ। यद्यपि दुई खेलबाट चार अंक जोडेको इंगल्याण्ड पराजित भएपनि तेस्रो स्थानमा रहेर उत्कृष्ट चार भित्र पर्दै अन्तिम १६ मा पुग्न सक्छ।
स्लोभाकियाविरुद्ध विजयी भए इंगल्याण्ड समूह विजेता बन्नेछ भने बराबरी गरे वेल्स र रसिया बीचको खेलको नतिजा कुर्नुपर्छ। बाँकी तीन वटै टीमलाई समूह विजेता वा उपविजेता बन्न स्पष्ट जितको खाँचो रहेको छ। समूह 'बी'मा रहेका स्लोभाकिया र वेल्स पहिलो पटक युरो कप खेल्दैछन्।
स्लोभाकिया भर्सेस इंगल्याण्ड
ठूला प्रतियोगिताअघि सँधै उपाधि दाबेदारको रुपमा चर्चामा आउने गरे पनि इंगल्याण्डले अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन। इंग्लिस प्रिमियर लिगमा खेल्ने स्टार खेलाडीहरु भएपनि इंगल्याण्ड यसअघिका दुई खेलमा सोचेअनुरुप प्रदर्शन गर्न सकेन।पहिलो पटक युरो च्याम्पियन बन्ने दाउमा रहेको इंग्लयाण्डले आफ्नो खेलमा सुधार गर्नेपर्ने देखिन्छ। पहिलो खेलमा रसियासँग बराबरीमा रोकिएको इंग्ल्याण्डले दोस्रो खेलमा पुनरागमन गर्दै वेल्सलाई पराजित गरेको थियो।
यता चेकोस्लोभाकियाबाट छुट्टियर स्वतन्त्र भएपछि पहिलो पटक युरो खेल्दै गरेको स्लोभाकिया नकआउट चरणमा प्रवेश गर्दै युरोलाई ऐतिहासिक बनाउने योजनामा छ। पहिलो खेलमा वेल्ससँग पराजित बनेको स्लोभाकियाले दोस्रो खेलमा रसियालाई हराएको थियो।
स्लोभाकियाविरुद्धको खेलमा इंगल्याण्डका प्रशिक्षक रोए हड्सनलाई फरवार्डमा कसलाई खेलाउने भनेर छान्न गाह्रो भएके छ। उनले कप्तान वायन रुनी सहित ६ खेलाडीलाई परिवर्तन गर्न सक्ने बिबिसीले उल्लेख गरेको छ।अघिल्लो खेलमा वेल्स विरुद्ध जित हात पार्ने क्रममा जेमी भार्डी र ड्यानियल स्टुरिजले बेन्चबाट आएर गोल गरेका थिए। यता स्लोभाकियाले भने रसिया विरुद्धकै टीमलाई मैदान उतार्ने सम्भावना बढी छ।
इंगल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म तीन खेल भएका छन्। तीन वटै खेलमा इंगल्याण्ड विजयी भएको थियो । सन् २००४ को युरो छनोटमा पहिलो पटक आमने सामने हुँदा दुवै खेल जितेको इंगल्याण्डले पछिल्लो पटक सन् २००९ को मैत्रिपूर्ण खेलमा स्लोभाकियालाई ४–० ले हराएको थियो।
खेल हुने समय : १२ः४५ बजे मध्यराति
यसअघिका खेल : स्लोभाकिया १–२ वेल्स, स्लोभाकयिा २–१, इंगल्याण्ड १–१ रसिया, इंग्ल्याण्ड २–१ वेल्स
फिफा वरियता : स्लोभाकिया २४, इंगल्याण्ड ११
युरोमा सहभागिता : स्लोभाकिया १, इंगल्याण्ड ९
मुख्य उपलब्धि : इंगल्याण्ड तेस्रो सन् १९६८
हेर्नलायक खेलाडी : जेमी भार्डी इंगल्याण्ड, मारेक ह्यामसिक स्लोभाकिया
रेफ्री : कार्लोस भेलासो कार्कालो, स्पेन
हेड टु हेड : इंगल्याण्ड ३, स्लोभाकिया ०
सम्भावित लाइनअप
स्लोभाकिया : मटस कोजासिक, पिटर पेकारिक, मार्टिन स्कटर्ल, जान डुरिसा, टोमस हुबोकान, प्याट्रिक ह्रोसोभ्स्की, रोबर्ट माक, जुराज कुच्का, मारके ह्यामसिक, भ्लादिमिर वेएस, ओन्ड्रेज डुडाइंगल्याण्ड : जो हार्ट, क्रिस स्मालिङ, ग्यारी काहिल, नाथन क्लाइन, राएन बरट्राण्ड, जोर्डन हेण्डरसन, एरिक डाएर, एडनान लालाना, ज्याक विलसर, जेमी भार्डी, ड्यानियल स्टुरिज