PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संसदमा परराष्ट्र मन्त्रीले भने - नेपालीको सुरक्षा व्यवस्था गर्न अफगान सरकारलाई भनेका छौँ



पहिलोपोस्ट

संसदमा परराष्ट्र मन्त्रीले भने - नेपालीको सुरक्षा व्यवस्था गर्न अफगान सरकारलाई भनेका छौँ

काठमाडौँ : सरकारले अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा परि निहत्था र निशस्त्र नागरिक मारिएको प्रति निन्दा व्यक्त गरेको छ। 
संसदलाइ घटनाबारे जानकारी गराउँदै उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले दोषीलाई न्यायीक कठघराईमा ल्याई कारवाही हुने विश्वास लिएको बताए। 

'अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षा व्यवस्था गर्न अफगान सरकारलाई आग्रह गरिसकेका छौँ', थापाले स‌ंसदमा भने। 

साथै पाकिस्तान स्थित कार्यवाहक राजदुतलाई अफगानिस्तान पुगेर घटना र घाईतेको अवस्थाबारे बुझ्न निर्देशन दिएको उनले जानकारी दिए। 

अफगानिस्तामा मारिएका र घाईतेका परिवारसँग समन्वयका लागि परराष्ट्र मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको उनले बताए। तर सम्पर्क  व्यक्तिको नाम भने संसदमा बताएनन्। 

सोमबार बिहान ७ बजेर ४० मिनेटमा काबुलमा आत्मघाती आक्रमणमा परि १४ जना नेपालीको ज्यान गएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell