PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​काबुल घट्नामा कांग्रेस सभापति र महामन्त्रीको छुट्टाछुट्टै विज्ञप्ति



पहिलोपोस्ट

​काबुल घट्नामा कांग्रेस सभापति र महामन्त्रीको छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौ : अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोटमा परी १४ नेपालीको ज्यान गएको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डाक्टर शशांक कोइरालाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर शोक प्रकट गरेका छन्।

सभापति देउवाले नेपालीमा र महामन्त्री कोइरालाले अंग्रेजी भाषामा जारी गरेको विज्ञप्तिमा घटनाको घोर भत्सर्ना गर्दै पार्थिव शरिर छिटो नेपाल फर्काउन, घाइतेहरुको उपचारको प्रबन्ध गर्न तथा मृतक तथा घाइतेहहरुका परिवारलाई उचित क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

'रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोश र निहत्था नेपालीहरुको अत्यन्त पाशविक, क्रुर र बर्बर हत्याले आज हामी सम्पूर्ण नेपालीहरु स्तव्ध र अत्यन्त दुखित् भएका छौ,' देउवाको विज्ञप्तिमा भनिएको छ, 'यो पाशविक हत्याबाट राष्ट्र आज शोक विह्वल र उद्धेलित भएको छ।'

उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्। उनले परिवारजनमा पनि समवेदना प्रकट गरेका छन्।

देउवाले कावुल घटना मानवता विरोधको भएको भन्दै नेपाली कांग्रेसका तर्फबाट भर्त्सना गर्दै अफगानिस्तानले बोहोर्नुपरेको शोक विह्वलताको यस घडीमा पूर्ण संयमसाथ एक जुट भएर अघि बढ्न पनि उनले सबैलाई आह्वान गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell