PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

​जर्सी च्यातिएपछि स्विस खेलाडीले भने : पुमाले कण्डम नबनाओस्



पहिलोपोस्ट

​जर्सी च्यातिएपछि स्विस खेलाडीले भने : पुमाले कण्डम नबनाओस्

युरो कप अन्तर्गत आयोजक फ्रान्स र स्विट्जरल्याण्ड बीचको खेल गोलरहित बराबरीमा सकियो। बराबरी पछि फ्रान्स समूह ए को विजेता र स्विट्जरल्याण्ड समूह ए को उपविजेता बन्यो।

बराबरीसँगै स्विट्जरल्याण्ड युरो इतिहासमा पहिलो पटक नकआउट चरणमा प्रवेश गर्‍यो।

फ्रान्स र स्विट्जरल्याण्ड बीचको खेलमा कुनै गोल भएन तर खेलका क्रममा अनौठो दृश्य देखियो। चार खेलाडीको जर्सी च्यातियो, बलको हावा फुस्कियो। स्विट्जरल्याण्डका ग्राण्ट जाकाले खेलदौरान दुई पटक जर्सी परिवर्तन गरे।

यसै सन्दर्भमा स्विट्जरल्याण्डका खेलाडी जेद्रान शाकिरीले अनौठो प्रतिक्रिया दिएका छन्। उनले भने “मलाई आशा छ पुमाले कण्डम नबनाओस्।”

जाका सहित मेहमदी, एम्बोलो र जेमाइलीको पनि खेलका क्रममा जर्सी च्यातिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell