PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​ट्राफिकलाई आधुनिक ओत



पहिलोपोस्ट

​ट्राफिकलाई आधुनिक ओत

काठमाडौं : सधै सडकको धुलो, धुँवा साथै तातो घाम र झरी खेपेका ट्राफिक प्रहरीले नयाँ छहारी पाएका छन्। आइतबारबाट ट्राफिक प्रहरीका लागि राजधानीमा नयाँ ट्राफिक पोष्ट स्थापना गरिएको छ।

राजधानीका त्रिपुरेश्वर, पुतलीसडक, माइतीघर मण्डला, नया बानेश्वर, तीनकुने, कोटेश्वर, गौशाला, चाबहिल लगायत २० स्थानमा आधुनिक किसिमको ट्राफिक पोष्ट स्थापना गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले जानकारी दिए। मल्लले भने, 'नयाँ ट्राफिक पोष्टले सडकमा खटिने ट्राफिक प्रहरीलाई केही सुविधा हुने छ। नयाँ ल्याएको पोष्ट देख्दा आर्कषण र छरितो किसिमको छ।'  

पोष्टभित्र ट्राफिक प्रहरीलाई आरामको लागि बस्ने ठाउँ समेत व्यवस्था गरिएको छ। त्यस पोष्ट भित्र दुई जना ट्राफिक सजिलैसँग बस्न सक्छन्।

प्रहरी लागि आवश्यक पर्ने खानेपानी राख्ने व्यवस्था समेत छ। रातीको समयलाई ध्यानमा राख्दै पोष्टमा सोलार बत्ती समेत जडान गरिएको छ। ट्राफिक प्रहरीलाई नयाँ पोष्ट सडक विभाग र महानगरपालिकाले संयुक्त रुपमा प्रदान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell