PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

युरो प्रिभ्यु : रसिया भर्सेस वेल्स



पहिलोपोस्ट

युरो प्रिभ्यु : रसिया भर्सेस वेल्स

युरो २०१६ अन्तर्गत आज राती समूह बी का अन्तिम दुई खेल हुँदैछन्। समूह बी का दुवै खेल मध्य राती १२ः४५ बजे हुनेछ। जसमा स्लोभाकिया र इंगल्याण्ड तथा रसिया र वेल्स भिड्दैछन्।
 
वेल्सलाई नकआउट चरणमा पुग्न जित वा बराबरी पर्याप्त हुन्छ भने रसियाको लागि वेल्सलाई हराउनै पर्ने बाध्यता छ। यस समूहमा रहेका स्लोभाकिया र वेल्स पहिलो पटक युरो कप खेल्दैछन्।  

समूह बी बाट कुनै पनि टीम नकआउट चरणमा पुगिसकेको छैनन्। चार मध्ये जुन सुकै दुई टीम समूह विजेता र उपविजेता बन्न सक्छ। यद्यपी दुई खेलबाट चार अंक जोडेको इंगल्याण्ड पराजित भएपनि तेस्रो स्थानमा रहेर उत्कृष्ट चार भित्र पर्दै अन्तिम १६ मा पुग्न सक्छ। 

स्लोभाकिया विरुद्ध विजयी भए इंगल्याण्ड समूह विजेता बन्नेछ भने बराबरी गरे वेल्स र रसिया बिचको खेलको नतिजा कुर्नुपर्छ। बाँकी तीन वटै टीमलाई समूह विजेता वा उपविजेता बन्न स्पष्ट जितको खाँचो रहेको छ। 

रसिया भर्सेस वेल्स

तत्कालियन शोयित संघको नामबाट सन् १९६० को पहिलो युरो उपाधि जितेको रसियाले त्यसपछि राम्रो प्रदर्शन गर्न सकेन। सन् १९९६ मा रसियाको नामबाट खेल्न थालेको रसिया सन् २००८ मा तेस्रो हुनु नै मुख्य उपलब्धी हो। यता पहिलो पटक युरो खेलिरहेको वेल्सलाई सुरुमा अन्डर डगको संज्ञा दिइएको थियो।

नकआउट चरण प्रवेशका लागि वेल्सले रसिया विरुद्धको खेल जिते वा बराबरी गरेपनि हुन्छ तर रसियाको लागि भने वेल्स विरुद्धको खेल गर या मर को स्थितीमा छ। हार वा बराबरीले पनि रसिया बाहिरिने छ भने नकआउट चरणमा पुग्न वेल्स विरुद्ध स्पष्ट जितको खाँचो छ।
खेल हुने स्थान    : स्टेडियम डे टोउलुस, टोउलुस
खेल हुने समय    : १२ः४५ बजे मध्य राती
यसअघिका खेल    रसिया १–१ इंगल्याण्ड, रसिया १–२ स्लोभाकिया, वेल्स २–१ स्लोभाकिया, वेल्स १–२ इंग्ल्याण्ड
फिफा वरियता     : रसिया २९, वेल्स २६
युरोमा सहभागिता  : रसिया ११, वेल्स १
मुख्य उपलब्धी     : विजेता सन् १९६० तत्कालिन शोभियत संघ
हेर्नलायक खेलाडी   : गारेथ वेल, वेलस
रेफ्रि              : जोनास एरिकसन, स्वीडेन
हेड टु हेट         : रसिया ३, वेल्स ०

सम्भावित लाइनअफ
रसिया : इगोर अकिनफिभ, इगोल स्मोलनिकोभ, सर्गेइ इग्नाशेभिच, भसीली बेरेजुट्स्की, जर्जि स्चेनिकोभ, रोमन नेउस्टाटर, डेनिस ग्लुशाकोभ, ओलेग शातोभ, रोमन शिरोकोभ, अलेक्जान्डर कोकोरिन, अर्टोम जुबा
वेल्स : वायन हेनेस्सी, क्रिस गन्टर, एस्ले विलियम्स, जेम्स चेस्टर, बेन डेभिस, नेएल टेलर, जोए एलेन, जोए लेड्ले, आरोन राम्से, गारेथ बेल, हल रोब्सन कानु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell