काठमाडौँ : परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा आज बिहान भएको आत्मघाती विस्फोटमा मारिने १२ नेपालीको नाम र ठेगाना सार्वजनिक गरेको छ।
अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले १४ जना नेपाली मारिएको भन्दै विज्ञप्ति जारी गरे पनि परराष्ट्रले भने १२ नेपालीमात्रै परेको बताएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भरतराज पौडेलले दुई जना विदेशी हुनसक्ने बताए।
- यो पनि हेर्नुस्-
अफगानिस्तानमा मारिने १२ जना नेपालीको मात्रै नाम सार्वजनिक, को हुन् बाँकी दुई? खुल्यो रहस्य
यी हुन् ज्यान गुमाउने नेपाली
- चन्द्र बहादुर रानामगर–काठमाडौँ
- अमृतबहादुर थापा– लमजुङ
- डम्बरबहादुर तामाङ–नुवाकोट
- कृष्णबहादुर ढुंगाना–चितवन
- सुकबहादुर गुरुङ–स्याङजा
- जितेन्द्रसिंह थापा– बुटवल
- मधुसुदन कोइराला– नुवाकोट
- वीरबहादुर सुवेदी क्षेत्री– काठमाडौँ
- लीलबहादुर गुरुङ–नुवाकोट
- नविनबहादुर क्षेत्री– पर्वत
- अंकुर तामाङ–सुनसरी
- हरिबहादुर बरुवाल क्षेत्री– काठमाडौँ
यी हुन् घाइते नेपाली
- प्रेमबहादुर क्षेत्री–मोरङ
- चेतप्रसाद शेरचन–म्याग्दी
- कुमारबहादुर गुरुङ–गोरखा
- मानबहादुर थापा– चितवन
- कृष्णबहादुर देउजा–चितवन
- अमृत रोकाया क्षेत्री–सुर्खेत
- च्याङबा तामाङ– नुवाकोट