PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​बराबरीपछि इंगल्याण्ड समूह बी को उपविजेता, स्लोभाकियाको नकआउट प्रवेश सम्भावना कायमै



पहिलोपोस्ट

​बराबरीपछि इंगल्याण्ड समूह बी को उपविजेता, स्लोभाकियाको नकआउट प्रवेश सम्भावना कायमै

स्लोभाकियासँग बराबरीमा रोकिएपछि इंगल्याण्ड समूह बी को उपविजेता बन्दै युरो २०१६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

समूहको अर्को खेलामा वेल्सले स्लोभाकियालाई हराएपछि स्लोभाकियासँग बराबरी खेलेको इंगल्याण्ड समूह उपविजेता बनेको हो। 

फ्रान्समा जारी प्रतियोगितामा इंगल्याण्ड डेबुटान्ट स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएको हो। जारी युरोमा इंगल्याण्डले गोल गर्न नसकेपनि यो पहिलो खेल हो।

पहिलो हाफमा इंगल्याण्डको तीन प्रहार स्लोभाकियाको गोलरक्षक कोजासिकले रोकेका थिए । ड्यानियल स्टुरिज, जेमी भार्डी र एडम लालानाको प्रहारमा कोजासिक बाधक बनेका थिए।

पहिलो खेलमा रसियासँग बराबरीमा रोकिएको इंगल्याण्डले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै इंगल्याण्डले वेल्सलाई २–१ ले हराएको थियो।
यता पहिलो पटक खेल्दै गरेको स्लोभाकिया पहिलो खेलमा वेल्ससँग २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा रसियालाई पराजित गरेको थियो। 

तीन खेलबाट ५ अंक जोड्दै समूह उपविजेता बनेको इंगल्याण्डले अब अन्तिम १६ मा समूह एफको उपविजेतासँग खेल्नेछ। 

बराबरीपछि पनि ४ अंक जोडेको स्लोभाकिया तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कायमै छ। अन्तिम १६ मा पुगे स्लोभाकियाले समूह सी वा डी को विजेतासँग खेल्नेछ। 

समूह बि को अङ्क तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell