PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​युरोमा वेल्सलाई ऐतिहासिक सफलता, रसियालाई हराउँदै समूह बी को विजेता



पहिलोपोस्ट

​युरोमा वेल्सलाई ऐतिहासिक सफलता, रसियालाई हराउँदै समूह बी को विजेता

समूह चरणको अन्तिम खेलमा रसियालाई पराजित गर्दै डेब्युटान्ट वेल्स समूह बी को विजेता बन्दै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
पहिलो पटक युरो खेल्दै गरेको वेल्सले रसियालाई ३–० ले पराजित गरेको हो। 

पहिलो हाफमा वेल्सले दुई गोलको अग्रता बनायो। खेलको ११ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाए। २० औं मिनेटमा नेएल टेलरले गोल गर्दै वेल्सको अग्रता दोब्बर पारेका हुन्। 

पहिलो हाफमा दुई गोल गरेको वेल्सका लागि ६७ औं मिनेटमा गारेथ बेलले तेस्रो गोल गरे। समूहमा दोस्रो जितसँगै तीन खेलबाट ६ अंक जोडेको वेल्स समूह विजेता बनेको हो। 

समूहको पहिलो खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा इन्जुरी टाइममा गोल बेहोरेपछि इंग्ल्याण्डसँग २–१ कै नतिजामा पराजित भएको थियो। 

समूह बी को विजेता वेल्सले अन्तिम १६ मा समूह ए वा सी वा डी मध्ये तेस्रो स्थानमा रहने टीमसँग खेल्नेछ। 

पहिलो खेलमा इन्जुरी टाइममा गोल गर्दै इंगल्याण्डसँग एक अंक खोसेको रसिया दोस्रो खेलमा स्लोभाकियासँग पराजित भएको थियो। 

समूह बि काे अङ्क तालिका 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell