
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज आयोजित विश्व योग दिवशमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल अनुपस्थित रहे भने उनका उप-मुख्यमन्त्री मनीष सिसोदियाले मोदी अभियानकै आलोचना गरेका छन्।
मोदीको प्रयासले विश्व योग दिवश मनाइँदा नेपालमा पनि प्रधानमन्त्री केपी ओलीसहित कार्यक्रम आयोजना गरिएको थियो। सरकारी पहलमा नै नेपालमा यस्तो कार्यक्रम आयोजना भएको थियो।
नयाँ दिल्लीका मुख्यमन्त्री केजरिवालले औपचारिक पत्र नपाएको भन्दै विश्व योग दिवशलाई वेवास्ता गरे। अघिल्लो वर्ष योग दिवशमा सहभागी भएका उनी यसपाला भने जाँदै गएनन्।
दिल्लीका उप-मुख्यमन्त्री सिसोदियाले भने मोदीको आलोचना गर्दै ‘देशका हिन्दु र मुसलमानलाई फुटाउने अभियान’ भइरहनु र योग हुनुलाई विपरित विषय भएको बताए। उनले योगले सबैलाई जोड्नुपर्नेमा सरकारले तोड्ने काम गरिरहेको आक्षेप लगाए।