PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

'सुरभि' लिएर आए गीतकार विपिन किरण, म्युजिक भिडियोमा स्वरुपराजको स्वर



पहिलोपोस्ट

'सुरभि' लिएर आए गीतकार विपिन किरण, म्युजिक भिडियोमा स्वरुपराजको स्वर

काठमाडौं : एक दशकयता नेपाली गीति लेखनमा सक्रिय गीतकार हुन्, विपिन किरण। उनै गीतकार किरण नयाँ गीति सङ्ग्रह 'सुरभि' लिएर बजारमा आएका छन्।
 
किरण, किरण २, किरण ३, किरण ४, किरण ५ नामक किरणका शृंखलाबद्ध एल्बम ल्याइसकेका उनका 'नबिर्सें तिमीलाई न पाएँ तिमीलाई', 'टुट्यो तारा आकाशमा', 'ए जून', 'बल गरेर', 'यस्तो माया दियौ तिमीले', 'तिमीलाई देख्ने मान्छे' लगायत चर्चित गीतका रुपमा दर्ज भइसकेका छन्।
 
'सुरभि'मा ४ म्युजिक ट्रयाकलाई ६ वटा गीत बनाई एल्बम तयार गरिएको छ। उक्त एल्बममा रहेको 'खुट्टै ढोग'मा स्वरुपराज आचार्य र प्रहाल्द तिमल्सेना तथा 'निको हुन्न'मा सरिता त्रिपाठी र श्रेयसी चेमजोङको स्वर रहेको छ।
 
यस्तै 'घात भयो पिरती'मा स्वरुपराज आचार्य र 'तिमी सम्झनाभित्र' गजलमा रुपक डोटेलले स्वर दिएका छन्।
 
कृष्णबम मल्ल, बसन्त सापकोटा, रमन गायक र विकास चौधरीको संगीत रहेको एल्बमको बजार व्यवस्थापन म्युजिक नेपालले गरेको छ।
 
'भरखरै बजारमा गएकाले प्रतिक्रिया पाइहालेको छैन,' गीतकार किरणले एल्बमबारे भने, 'तर स्रोताहरुले मलाई पहिलेका गीतहरु जस्तै उत्तिकै माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।'
 
एल्बममा समावेश गीतमध्ये स्वरुपराज आचार्यको आवाजमा रहेको 'खुट्टै ढोग'को भने म्युजिक भिडियो तयार गरिएको छ। अर्को गीतको भिडियो बन्ने क्रममा रहेको किरणले बताए।
 
करिब सयभन्दा बढी गीत रेकर्ड गराइसकेका किरणले करिब दुई दर्जन फिल्ममा समेत गीत लेखिसकेका छन्।

स्वरुपराज आचार्यको स्वरमा रहेको गीतको भिडियो यस्तो छ-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell