PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

फ्रान्सबाट सुरु संगीत दिवस नेपालमा पनि



पहिलोपोस्ट

फ्रान्सबाट सुरु संगीत दिवस नेपालमा पनि

फ्रान्समा पहिलो पटक संगीत दिवस मनाइयो। सन् १९८२ मा जुन २१ तारिखका दिन फ्रान्सले आधिकारिक रुपमा सांगीतिक बिदाका रुपमा मनाएको संगीत दिवस अहिले हरेक वर्ष जुन २१का दिन विश्वका १ सय २० देशमा मनाइन्छ।

नेपाल, भारत, जापान, अल्जेरिया, इजिप्ट, जोर्डन, इजरायल, अष्ट्रेलिया, पेरु,  क्यानडा, पाकिस्तान, मलेसिया लगायत अन्य देशमा आजको दिन मात्र मनाइए पनि फ्रान्समा भने संगीत दिवसलाई निकै ठुलो पर्वको रुपमा तीन दिन मनाइन्छ। तर राष्ट्रिय विदा भने २१ जुनका दिन मात्र दिइन्छ।
साताभर विभिन्न विधाका सांगीतिक प्रस्तुती, कन्सर्ट, एल्बम लन्च, म्युजिक भिडियो सार्वजनिक, संगीत सम्बन्धी छलफल जस्ता कार्यक्रम आयोजना हुन्छन्। फ्रान्समा तीन दिनसम्म चल्ने संगीत महोत्सवमा सडक, पेटी, सभागृह आदि संगीतमय देखिन्छ। र कुनै पनि कार्यक्रममा सहभागिताका लागि शुल्क तिर्न पर्दैन।

नेपालमा पनि आज विविध सांगीतिक कार्यक्रम आयोजना गरी ३५औं विश्व संगीत दिवस मनाइदैंछ। संगीत दिवस विशेष कार्यक्रमहरु काठमाडौं, धरान र पोखरामा आयोजना भएको मेक म्युजिक डे अनलाइनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell